सोनादामा गोर्खाल्याण्डको लागि मोर्चासितै क्रामाकपा पनि सामेल

विज्ञापन

खरसाङः गोर्खाल्याण्डको मागमा विभिन्न क्षेत्रमा ऱ्याली र पथसभा भइरहेको छ। सोनादामा पनि आज मोर्चासितै काँधमा काँध मिलाएर क्रामाकपाले पनि आफ्नो झण्डासितै ऱ्याली गऱ्यो। क्रामाकपाले पार्टीको तर्फबाट जीटीएबाट राजीनामा दिएका सोनादा पचेङ समष्टीको सभासद महेन्द्र प्रधानलाई अभिनन्दन जनाएका छन्। पथसभालाई क्रामाकपा युवा एकाईका केन्द्रीय सदस्य रबिन राईले सम्बोधन गर्दै यो आन्दोलन कुनै क्षेत्रीय व्यवस्थामा टुङ्गिनु हुँदैन भन्दै बङ्गाल र केन्द्रीय मन्त्रीहरूलाई उनीहरूको निजि सम्पत्ति होइन तर अधिकार मात्रै मागेको बताए।

पथसभालाई युवा मोर्चाको अमृत प्रधानले आन्दोलनमा दोकानेहरूले चीजबीजको दाम बढाउन नहुने अनि नबढाईदिने अपिल पनि गरे। पथसभालाई मोर्चा कार्यकर्ताहरूले पनि सम्बोधन गरे। इसाई समुदाय पनि ऱ्यालीमा सामेल थिए।

पथसभाको शुरुवात रेभ० जेम्स रामतेलको प्रार्थनाद्वारा गरियो भने पथसभालाई इसाई समुदायका पास्टर र अगुवाहरुले पनि सम्बोधन गरेका थिए। क्रामाकपाको तर्फबाट केन्द्रीय सदस्य उद्धव खनाल, निरज राई लगायत अन्य नेतृत्वहरु उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया