सिक्किम टोलीले कालेबुङका आन्दोलनकारीहरुलाई वितरण गरे बिस्लेरी पानी, जूश र बिस्कुट

विज्ञापन

नन्दु दुतराज

सिङतामः खाम्दोङ सिङ्ताम क्षेत्रान्तर्गत सिरवानी चिसोपानी जीपीयूका सभापति विमल लामिछाने, सचिव नन्दलाल सुब्बा, पञ्चायत सदस्य जुलेन गुरुङसहित सिङ्ताम साउनेका समाजसेवी प्रदीप सुब्बा, सी के ढकाल अनि रम्फू निवासी विनय थापाको एक टोलीले आज कालेबुङ पुगेर छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आन्दोलन गरिरहेका आन्दोलनकारीहरुसित भेटभाट गरि उनीहरुलाई सबैलाई पिउने बिस्लेरी पानी, जूश र बिस्कुटहरु वितरण गरे।

पञ्चायत सभापति विमल लामिछानेको नेतृत्वमा गएको उक्त टोलीले मन्सोङका सभासद् गोपाल रुचाल, कालेबुङ महकुमा युवा मोर्चा अध्यक्ष बारुद थापा, फुर्निमा शेर्पा उर्फ रफ साईंला, अशोक तामाङ, सञ्जय राई, सञ्जय शेर्पा, नेत्र गुरुङ, सन्नी तामाङ अनि अन्यान्य मोर्चा कार्यकर्ताहरुसित भेट गरेर गोर्खाल्याण्डको माग संवैधानिक रहेकोले गोर्खाल्याण्डको मागलाई मुख्यमन्त्री पवन चामलिङले पनि समर्थन जनाएको र सिक्किमको पूर्ण समर्थन रहेको बताउँदै गोर्खाल्याण्डको माग शान्ति प्रकारले जारी राख्ने अनि सिक्किमको लाइफलाइन 10 राष्ट्रीय राजमार्गलाई खुल्ला राखिदिने पनि आग्रह गरे।

उनीहरुले हिज सिलगढ़ीस्थित एसएनटी बस टर्मिनस परिसरको गेट बन्द गरिएको अनि चम्पासरीमा सिक्किम नम्बरधारी वाहनहरुलाई तोड़फोड़ गरेको घटनाको पनि तीव्ररुपमा निन्दा गरेका छन्। उक्त टोलीलाई रम्फू सिक्किम चेक पोस्टमा एमभीआई रोशन गुरुङले खदा लगाएर अनि आफ्नोतर्फबाट पनि केही कार्टुन जूश र बिस्लेरी पानी दिँदै कालेबुङका आन्दोलनकारीहरुलाई वितरण गर्नको निम्ति भव्य प्रस्थान गराएका थिए। आज कालेबुङमा प्रदर्शनकारीहरुले डेलोदेखि महात्मा गान्धीले झैं डण्डी ऱ्याली निकालेर कालेबुङ शहरको परिक्रमा गरेका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया