पहाड़बाट हट्यो सेना

विज्ञापन

दार्जीलिङः दार्जीलिङ पहाड़बाट फर्कियो सेना। गत 8 जूनदेखि दार्जीलिङ पहाड़को स्थिति एकाएक बिग्रिएपछि तैनाथ गरिएको सेनालाई हिजो रातीनै फिर्ता गरिएको सेना सूत्रबाट जानकारी पाइएको छ। दार्जीलिङ पहाड़मा 24 मराठा सेना तैनाथ गरिएको थियो, जसले 8 जूनदेखिनै दार्जीलिङ पहाड़को स्थितिलाई साम्य बनाउने कार्य गरिरहेको थियो।  यद्यपि, अहिलेसम्म यहाँ तैनाथ अर्द्धसैनिक बल सीआरपीएफ फिर्ता गरिएको छैन।

स्मरण गराइन्छ, गत 8 जूनको दिन यहाँको गोर्खा रङ्गमञ्च भवनअघि पुलिस र गोजमुमो समर्थकहरुमाझ झड़प भएपछि सम्पूर्ण पहाड़नै अशान्त बनेको थियो, जसको फलस्वरूप अझै पनि दार्जीलिङ पहाड़ अचल अवस्थामा छ। यसपछि लगत्तै यहाँ भारतीय सेना उतारिएको थियो।

जसले पहाड़का विभिन्न स्थानहरुमा पेट्रोलिङ गर्ने अनि स्थितिलाई साम्य बनाउने कार्य गरेको थियो। यसैबीच, गोर्खा जनमुक्ति मोर्चाले पहाड़बाट सेना अनि अर्द्धसैनिक बल हटाउने माग गर्दै आइरहेको थियो, यसै क्रममा दार्जीलिङ पहाड़बाट सेना हटाइएपछि गोजमुमोले खुशी व्यक्त गरे पनि यसमाथि कुनै टिप्पणी गर्न चाहेन। यसरीनै अर्कोतर्फ दार्जीलिङको पुलिसमा पनि व्यापक फेरबदल गरिएको जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया