26 जून मुस्लिमको लागि  मात्र छूट

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिले मुस्लिम समुदायको महान पर्व ईदलाई ध्यानमा राखेर भोलि 26 जूनको दिन दार्जीलिङ पहाड़मा केवल मुस्लिम समुदायको लागि 12 घण्टा छूट दिएको छ। तर पहाड़मा जारी बन्द यथावत रहनेछ। दोकान, यातायात सेवा, स्कूल-कलेज सबै अचलनै रहनेछन्।

यद्धपि, भोलि कुनै आन्दोलनात्मक कार्यक्रम हुनेछैन। जुलूस, नाराबाजी भोलिको लागि ठप्प रहनेछ। यसबारे गोजमुमो केन्द्रिय समिति सहसचिव विनय तामाङसित सोध्दा उनले भने-भोलि मुस्लिम समुदायको महान पर्व ईद हो, यसलाई केन्द्र गरेरनै गोजमुमोले केवल मुस्लिम समुदायको लागि गाड़ी चलाउने, पर्व पालन गर्ने छूट दिएको छ। तर गाड़ी चलाउँदा गाड़ीको अघिल्तिर ईदको स्टीकर अनि धार्मिक झण्डा लगाउनुपर्नेछ। ताकि टाड़ैबाट उक्त गाड़ी ईदको लागि प्रयोग गरिएको हो भन्ने चिन्न सकुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया