तृणमूल कार्यकर्ताहरूद्वारा सिक्किमको तीन वाहन तोडफोडः नेपाली भाषीहरूमाथि कुटपिट

सिलगढीः सिलगढकी बङ्गलादेशी तृणमूल समर्थकहरूले सिलगढीको विभिन्न ठाउँमा सिक्किमका तीनवटा वाहन तोडफोड गरेका छन्। सिलगढीका एक बङ्गाली नागरिक सुजय दत्तले सिलगढीमा तृणमूल समर्थक बङ्गलादेशी नागरिकहरूले साम्प्रादायिक हिंसा शुरु गरेको बताएका छन्।

‘सिलगढीका वासिन्दाहरूले यस्तो हिंसा चाँहदैनन्, सिलगढी व्यवसायिक केन्द्र हो, पहाड सिलगढीसित र सिलगढीसित भरपर्छ। जहाँसम्म छुट्टै राज्यको सवाल छ, यो केन्द्र ,राज्य र पहाडबीचको सहमतिको कुरा हो,’ उनले भने, ‘नेपाली भाषीहरूलाई कुट्ने, नेपाल जा भन्ने यहाँका नागरिक होइनन्।’

उनले सिलगढीमा पहाडको पक्षमा रहेका सबै भाषी समुदायहरूलाई पनि धम्की आइरहेको जनाएका छन्।

आज गोर्खाल्याण्ड विरोधीहरूले ऱ्याली निकालेर दार्जीलिङ बङ्गालबाट टुक्रिन नदिने भन्दै नाराबाजी गरेका थिए। एयरभ्यू, एनजेपी अनि भक्तिनगरमा पुलिसको सुरक्षामा रहेका तृणमूल कार्यकर्ताहरूले सिक्किमका वाहन तोडफोड गरेका छन्।

‘हामी पत्रकारहरूसमेत असुरक्षित हुन थालेका छौँ,’ खबरम्यागजिन प्रतिनिधि प्रशान्तले भने, ‘अन्य नेपाली नागरिकहरू पनि दिनोदिन असुरक्षित बन्दैछन्।’

अहिले सोसल मिडियामा सिक्किम रम्फुका एक युवालाई धम्की दिएको नि जबरजस्ती जय बङ्गाल भन्न लगाइरहेको भिडियो पनि भाइरल भइरहेको छ।

आज यता हिलकार्टरोडमा नेपाली नागरिकहरूलाई आमारा बङ्गाली र तृणमूल काङ्ग्रेसका कार्यकर्ताले कुटपिट गरेको समाचार प्राप्त भएको छ।

खबरम्यागजिन सिलगढी प्रतिनिधि अनुसार पहाडको मुद्दालाई हिंसामा बदल्न गोर्खाहरूलाई हिंसामा उत्रन उक्साउने काम भइरहेको छ। पुलिसको सुरक्षामा नै तृणमूल कार्यकर्ताहरूले वाहन तोडफोड अनि कुटपिट गर्ने काम गरिरहेकोले बङ्गाल प्रशासनले पनि सिलगढीमा हिंसा भड्काउन सहयोग पुऱ्याइरहेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया