दिल्लीमा अनिश्चितकालीन धर्नाः आन्दोलन कुनै एकल पार्टीको होइन

विज्ञापन

दिल्लीः दिल्लीका सम्पूर्ण गोर्खा, राजनैतिक दल अनि सङ्घसंस्थाहरूले जन्तरमन्तरमा अनिश्चितकालीन धर्ना शुरु गरेका छन्। दिल्लीका किरण बिकेले बताए अनुसार जनान्दोलनलाई निरन्तर गर्न धर्ना गरिएको बताएका छन्। ‘अब यो आन्दोलनले पूर्णरुपमा जन आन्दोलनको रुप धारण गरिसकेको छ। अब यो कुनै एक पार्टी वा एक नेताको आन्दोलन कदापि हुन दिनु हुने छैनौँ,’ उनले भनेका छन्, ‘यो सम्पूर्ण गोर्खाहरुको लडाई हो र यसलाई निरन्तरता दिनको निम्ति आजदेखि जन्तर मन्तरमा सम्पूर्ण राजनैतिक, अराजनैतिक, सामाजिक संस्थाहरूलाई हरुलाई लिएर सर्वसमावेशी क्रमिक धर्ना हुनेछ।’

उनले भारतभरिका राजनैतिक, अराजनैतिक साथै सामाजिक पार्टी, साहित्यकार, कलाकार, बुद्धिजीवीवर्ग, विद्यार्थी, खेलाडीहरूलाई लिएर आन्दोलन निरन्तर गर्ने साझा मञ्च बनाइने पनि बताएका छन्।

‘जन्तरमन्तरमा हरेक दिन हामी सकेजति गोर्खाहरू भेला भएर यो चरममा पुगेको आन्दोलनलाई निरन्तरता दिने काम गर्नेछौँ,’ उनले भने, ‘भारतवर्षको कुना-कुनाका गोर्खहहरूले आफ्नो सुविधा अनुसार यहाँ जम्मा भएर आन्दोलनलाई अघि बढाउने, साझा मञ्च तयार गर्ने अनि केन्द्र वा राज्य सरकारलाई यो आन्दोलन कुनै दलको होइन जनताको हो भनेर बताउने काम गरिनेछ।’

सोही साझा मञ्चले नै गोर्खाल्याण्डबारे दस्तावेज बनाउने, अनुसन्धान गर्ने अनि आगामी रणनीति तयार पार्ने पनि बताएका छन्।

अनिश्चितकालीन धर्नावधी कलिहरूको समूहले कवि गोष्ठी गर्ने, सङ्गीतकारहरूले आन्दोलनका गीतहरू गाउने, पूर्व सैनिकहरूले गोर्खाहरूले देशमा पुऱ्याएका योगदानबारे बताउने, नाटककारहरू नाटक मञ्चन गर्ने, विद्यार्थीहरूले बौद्धिक बहल गर्ने, अगोर्खाहरूको समर्थन बटुल्ने अनि गोर्खाल्याण्डबारे उनीहरूलाई बोल्न लगाइने, लोकसभा र राज्यसभाका सांसदहरूलाई मुद्दाबारे बुझाउने नीति तयार गर्ने पनि बताएका छन्।

‘यसै साझा मञ्चले विश्वभरिका गोर्खाहरूलाई जोड्दै गोर्खाल्याण्डको आन्दोलनलाई डिजिटल मुभमेन्ट बनाइनेछ,’ उनले भने, ‘सम्पूर्ण गोर्खा राजनैतिक, अराजनैतिक साथै सामाजिक पार्टीहरूलाई लिएर एउटा साझा कमिटिको निर्माण गर्दै यो मञ्चलाई गोर्खाल्याण्ड निर्माण नभए सम्म निरन्तरता दिइनेछ।’

 

उनले संसदमा सत्र चलेको बेला चाप सृष्टि गर्न सम्पूर्ण देशवव्यापी गोर्खाहरूलाई लिएर संसद मार्चको आयोजना गर्ने पनि बताएका छन्।

‘पुरापुरि रोड म्यापको साथमा धर्नाको शुरुआत गर्न लागिरहेका छौ, यसर्थ सम्पूर्ण गोर्खाल्याण्ड प्रेमीहरूलाई आन्दोलनलाई विश्वव्यापी बनाउन आ-आफ्नो तरिकाले सहयोग गरिदिनु हुन् विनम्र निबेदन गर्दछौ,’ उनले भने, ‘अब यो हाम्रो राजनैतिक परिचयसितै भावी पिडिको सुरक्षाको सवाल बनाके छ। यसपल्ट पनि हामी चुक्यौँ भने सधैँको लागि मुद्दा विलिन हुने सम्भावना छ।  अबको आन्दोलन जनताले, जनताद्वारा, जनता कै निम्ती गरिनु पर्छ।’


दिल्लीको अनिश्चित आन्दोलनमा सहयोग पुऱ्याउम चाहनेहरूले निम्न लिखित प्रतिनिधिहरूलाई सम्पर्क गरिदिने उनले अपिल गरेका छन्।

किरण बि के :   ९७११२६०८५३, रिकाश गहतराज : ९९७१५१३४६७, सचिन तामाङ : ९७१८०२९१४२, टेक लाल श्रेष्ठ : ८३६८३७६११८, बन्दना राई : ९९९९९८३२३८, दिनेश : ९८७१३९९८९१,  उत्तम छेत्री – 9990200511, सघन मोक्तान – 8527275846, विनिता लेप्चा – 9958823177, लोपसाङ लामा – 9654416846, निशा लामा – 9911021435, एन्ड्रीव गुरूङ– 9718029142

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया