आन्दोलनको केन्द्र बन्दैछ दिल्लीः बनियो गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति

विज्ञापन

दिल्लीः अखिल असम गोर्खा विद्यार्थी सङ्गठनको आयोजनामा दिल्लीको जन्तर मन्तरमा जनसभा भयो, जसमा दिल्ली एनसिआर गोर्खाहरुको बृहत उपस्थिति थियो।  लगभग  पाँच हजार गोर्खाहरुको उपस्तिथिले जन्तर मन्तर जय गोर्खा र जय गोर्खाल्याण्डको नाराले गुञ्जायमान रह्यो। यस जनसभालाई आग्सु, नेसनल फेडेरेशन फर स्मलर स्टेट, गोरानिमो, असम गोर्खा सम्मेलन, युनिभर्सल हेल्पिङ हेन्ड, गोर्खा फाउण्डेशन, बोडोल्याण्ड विद्यार्थी सङ्गठन, अल मणिपुर गोर्खा युथ एसोसिएसन, अल अरुणाचल गोर्खा युथ एसोसीएसन, बुन्देलखन्ड राज्य निर्माण सङ्गठन, गोजमुमो, जेएनयु गोर्खा विद्यार्थी सङ्गठन, असम नेपाली साहित्य सम्मेलन, अल इन्डिया खम्बु किरात एसोसिसन, मदर्स ग्रुप, ग्यासा दिल्ली, गोरामुमो, क्रामाकपा, भारतीय गोर्खा परिसङ्घ, गोर्खा युथ गूडगाव, भारतिय गोर्खा युनाईटेड फोरुम, नेवार सङ्गठन, नेपाली क्रिश्चियन दिल्ली आदिका प्रतिनिधिहरूले जनसभालाई सम्बोधन गरे।

बङ्गाल सरकारले भारतीय गोर्खाहरूको नेपाली भाषामाथि अतिक्रमण, पश्चिम बङ्गाल सरकारको पुलिस प्रशासनले गोर्खाहरुको शान्तिपूर्ण प्रदर्शनलाई विथोल्न अकारण गोली चलाएर तीन निर्दोष गोर्खाहरुको हत्या गरेको विरुद्ध विक्षोभ प्रदर्शन गर्न एवं भारतीय गोर्खाहरूको जनआकाँक्षा गोर्खाल्याण्ड राज्यको निर्माणको अभियानलाई अगाडि बढाउन सभा गरिएको थियो। दिल्लीको ४७ डिग्रीको तापमानमा पनि गोर्खाहरूले धैर्यता राखेर गोर्खाहरूको जनआन्दोलनमा सहभागिता दिए।

गोर्खाल्याण्ड आन्दोलनलाई अझै बल पुऱ्याउन एवं सही दिशा निर्देशन दिन दिल्ली एनसिआरका गोर्खाहरु सम्मिलित विभिन्न राजनैतीक पार्टी, अराजनैतिक सङ्घ-संगठन, विद्यार्थी सङ्गठन, आमा समुह, नारी सङ्गठन, बुद्धिजिवीहरुको पहलमा अगाडिबाट निर्माण भएको गोर्खाल्याण्ड एकसन कमिटीलाई विघटन गरी  गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति बनाइएको छ। विश्वभरिका गोर्खाहरुलाई एक गराएर गोर्खाल्याण्ड आन्दोलनलाई बलियो टेवा दिन, दिशा निर्देशन दिन, गोर्खाल्याण्ड मागलाई कुनै पनि एक राजनैतिक पार्टीको पेवा हुन नदिन, गोर्खाल्याण्ड आन्दोलनलाई सरकार समक्ष सहीरुपमा तर्क पेश गराउन, भारत सरकारसित वार्तलाप गर्न सही प्रतिनिधिको छनौट गर्न, विषय विशेषज्ञहरू तयार पार्न, सर्वलदीय एवं संयुक्त नेतृत्वलाई टेवा पुऱ्याउन यो समिति बनाइएको बताइएको छ।

गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिको आयोजनामा आजदेखि दिल्ली जन्तर मन्तरमा निरन्तररुपमा धर्ना प्रदर्शन एवं सर्वदलीय क्रमिक धर्ना शुरु भएको छ।

गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका अध्यक्ष किरण बी के, कार्यकारी अध्यक्ष सघन मोक्तान, महा सचिव बिनिता लेप्चा, उपाध्यक्ष डिके प्रधान, एण्ड्रु गुरुङ, राजेन छेत्री, प्रेम प्रसाद शर्मा, राजनैतिक सचिव डा० बिनु सुन्दास, मिडिया सचिव बन्दना राई,  सह-सचिव सचिन तामाङ, रिकाश गहतराज, रन्जु परियार, कार्यालय सचिव गोपाल कोइराला, सहायक कार्यालय सचिव सञ्जय राई, साङ्गठनिक सचिव लोप्साङ लामा, टेकलाल श्रेष्ठ, सहायक साङ्गठनिक सचिव के पी शर्मा, सङ्गीता सुब्बा, किरण सेवा, जन सम्पर्क सचिव निशा लामा, कोषाध्यक्ष उत्तम छेत्री, सहायक कोषाध्यक्ष पेट्रीसिया निकोलस गुरुङ, सल्लाहकारमा कर्णल सुकुल प्रधान, याम श्रेष्ठ, निरज छेत्री, डा० मुनिष तामाङ, जोएल राई, पप्पु प्रधान, नर्बु छिरिङ्ग शेर्पा, कानुनी सल्लाहकार प्रेम छेत्री, कार्यकारी सदस्यमा संडिला राई, मेनुका लिम्बु, सबिता शर्मा, अन्जनी शर्मा, आकाश रामुदामु, दिनेश तमाङ, रुपेन गुरुङ, लक्षमण ब्राह्मण, सिदार्थ राई, अरुण दास, विकी योल्मो, अमित थापा, दिप्ती प्रधान, सुजु सुब्बा, रुपेन बी के, जेम्स बी के, प्रेरणा राई, देबिका भुजेल, अमित धमाला, दिपेन शङ्कर, सुषमा तामाङ, रितेश तामाङ, सुमित्रा तामाङ, युग गुरुङ, प्रेशिला, प्रवीण, योगिता राई, रञ्जन उपाध्याय, रिता, सानु, चमन राई, मनिषा, बिरेन कुमार, कुमार तमाङ, युधिष्ठिर शाह, रतन आदि रहेको कार्यकारी अध्यक्ष सघन मोक्तानले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया