झारखण्ड, युपी र बिहारका गोर्खाहरू सङ्गठितः ‘आवश्यक पऱ्यो भने जागिर छोडेर आउनेछौँ’

झारखण्डः झारखण्डमा पनि गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गर्न त्यहाँ शिक्षण पेशामा संलग्न गोर्खाहरूले एउटा सङ्गठन बनाएका छन्। केन्द्रिय र क्षेत्रीय गरी गोर्खा प्राइभेट टिचर्स एसोसिएशन गठन गरेको एसोसिएसनका प्रवक्ता दीप राईले बताएका छन्।

‘देश-विदेशमा रहेका गोर्खाहरू जन आन्दोलनलाई समर्थन जुटाएर आफ्नै सामर्थ्यमा लडिरहेका छन्, बिहार, यूपी र झारखण्डमा पनि हामी सङ्गठित हुनुपर्ने लागेपछि यसरी सङ्गठिक भएका हौं,’ उनले भने, ‘लगभग तीनहजारजति शिक्षण पेशामा संलग्न गोर्खाहरू पनि उप्रान्त विभिन्न कार्यक्रम बनाएर अघि बढ्नेछौँ।’  केन्द्रिय समितिका अध्यक्ष मनिन्द्र लिम्बु, सचिव परिक्षित छेत्री, प्रवक्ता दीप राई छन् भने एसोसिएसनमा झारखण्ड अनि यूपी क्षेत्रबाट अन्य प्रतिनिधिहरू समावेश गराउने बताएका छन्। यता बिहार क्षेत्रीय समितिका अध्यक्ष नाइजेल बमजन, उपाध्यक्ष मनोहर छेत्री, हिस्से शेर्पा, सचिव  कृष्ण छेत्री, सहसचिव अभिनाश थापा, कोषाध्यक्ष प्रितम राई, सुजाता प्रधान, प्रमुख सल्लाहकार कैलाश सुब्बा, जिग्मी छेत्री, जमुना शेर्पा, अन्जु शर्मा, मिङमा तामाङ, मन्दीप तामाङ, सवन राई, टीना तामाङ, बिशाल सुब्बा, एलिना सुब्बा, कुनाल राई रहेका छन्।

‘हामीले बिहार, यूपी र झारखण्डका आम नागारिक, एमएलए र एमपीहरूलाई गोर्खाल्याण्डको औचित्यबारे बुझाउने छौँ,’ दीप राईले भने, ‘दार्जीलिङ गएर अल पार्टीलाई  केही सुझाउहरू साथौ मेमोरेण्डम दिनेछौँ। भारतको अन्य जगामा सक्रिय सङ्गठनहरूसित तालमेल राख्नेछौँ। गर्खाल्याण्डको निम्ति कुनैपनि समय जागिर छोडी सडकमा उत्रिनेछौँ, हामीले यस्ता प्रस्ताव लिएका छौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन