तीनधारेमा जल्यो पुलिसको गाडी

खरसाङः खरसाङ महकुमाको तीनधारे क्षेत्रमा एउटा पुलिस गाडी राती आगो लागेर पूर्णरुपमा जलेको छ। तीनधारे पुलिस आउट पोष्टको डब्ल्युएमबी २३३ नम्बरको पुलिस गाडी आइतबार राती लागभग १०.४५ देखि ११ बजेतिर जलेर नष्ट भएको छ। पुलिस भ्यानको रुपमा प्रयोग गरिने उक्त गाडी धेरै पुरानो मोडलको थियो जो जलेर नष्ट भएको छ।

घटनाबारेमा तीनधारे आउट पोष्टको बढा बाबु राकेस कुमार गुप्तले बताए अनुसार डब्ल्युएमबी २३३ नम्बरको पुलिस गाडी राती १०.४५ तिर जलेको हो। तिनले पुलिस विभागबाट यसको जाँच हुने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन