युवा मोर्चाले आमरण अनशन र आत्मदाह गर्ने

विज्ञापन

दार्जीलिङः गोर्खा जनमुक्ति युवा मोर्चाका अध्यक्ष प्रकाश गुरूङले केन्द्र सरकारले शीघ्र नै गोर्खाल्याण्डको पक्षमा वार्ता बोलाउन अनि वर्षाकालीन संसदसत्रमा गोर्खाल्याण्डको बील ल्याउन दवाब दिन दुइवटा कार्यक्रमको घोषणा गरेका छन्।

‘केन्द्रमा चाप दिन युवा मोर्चाका समर्थकहरूले आत्मदाह गर्नेछन्,’ उनले भने, ‘युवा कार्यकर्ताहरूले आमरण अनशन पनि शीघ्र शुरु गर्नेछन्।’

आज अचानक युवा मोर्चाले यी दुइवटा कार्यक्रमको घोषणा गरेर केन्द्रलाई चिनौति दिएको छ। अर्कोतिर तृणमूल काङ्ग्रेसले भोटको निम्ति बङ्गलादेशबाट ल्याएका भाडाका समर्थकहरूले सिलगढीमा नेपाली -बङ्गालीबीच साम्प्रादायिक तनाउ शुरु गरेको आरोप पनि लगाए। ‘उनीहरू बङ्गलादेशी हुन्, उनीहरू तृणमूल काङ्ग्रेसका नेताहरूबाट पैसा थापेर साम्प्रादायिक दङ्गा मच्चाउन ल्याइएका भाडाका टट्टु हुन्,’ गुरूङले भने, ‘यस्ता कुतत्वहरूलाई शीघ्र पक्राउ गर्नुपर्छ अनि कठोर कार्वाही गर्नुपर्छ।’

यता दार्जीलिङ पुलिसले राज्य सरकारलाई एउटा पत्र पठाएर यो मुद्दा राजनैतिक हो, राजनैतिकरूपले नै मिलाउनु सही हुने राज्यलाई बताएको सन्दर्भमा पनि गुरूङले प्रतिक्रिया गरे।

‘दार्जीलिङ पुलिसले अघिबाट नै यो कुरा राज्यलाई भन्नुपर्थ्यो,’ उनले भने, ‘तर दार्जीलिङ पुलिसले तृणमूल काङ्ग्रेसको क्याडरकोरूपमा काम गऱ्यो र आफ्नै मान्छेलाई गोली हान्यो।’

उनले 27 जीटीएको सम्झौतापत्र पिन्टेल भिलेजमा पनि जलाइने बताएका छन्। ‘पहाडभरि, भारतभरि त जलाउने नै छ, पिन्टेल भिलेजमा पनि जलाइने छ,’ उनले भने, ‘14 जुलाई 2011 मा जहाँ यो सम्झौता भएको थियो, त्यहीँ त्यो सम्झौतापत्र जलाइनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया