नाङ्गो ढाँडमा ट्युबलाइट फुटाउँदै कराए युवाहरू, गोर्खाल्याण्डको निम्ति आत्मदाह पनि गर्छौँ

दार्जीलिङः देशमा सलमान खानको फिल्म ट्युबलाइटको चर्चा सकिएकै छैन, दार्जीलिङमा आजदेखि ढाँडमा फुटिरहेको ट्युबलाइटको चर्चा उठेको छ। जिटिए सम्झौताको दाह संस्कार गर्न उर्लिएको जनसमुद्रबीच युवाहरूको अर्कै आकर्षण थियो। उनीहरूको आङ नाङ्गो थियो अनि पालैपिलो ढाँडमा ट्युबलाइट फुटाइरहेका थिए।

रगतपच्छे भइन्जेल उनीहरूले नाङ्गो आङमा ट्युबलाइट फुटाए।

यता जीटीए सम्झौता पत्र जलाउनेहरूको भीड अर्कोतिर ट्युबलाइट फुटाउनेहरूको। हिजो मात्र युवा मोर्चा अध्यक्ष प्रकाश गुरूङले गोर्खाल्याण्डको निम्ति युवाहरूले आत्मदाह गर्ने बताएका थिए भने आज धेरै संख्यामा युवाहरू नाङ्गो आङमा ट्युबलाइट फुटाउँदै, केन्द्रले शीघ्र नै गोर्खाल्याण्डको निम्ति वार्तामा नबोलाए आत्मदाहसमेत गर्ने बताइरहेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया