घरमा भएको हमलामा नगरपालिका उपाध्यक्ष घाइते

मिरिक : मिरिक नगरपालिकाको उपाध्यक्ष एम के जिम्बाको घरमा गत राति उपद्रवीहरूले गरेको आक्रमणमा उनी घाइते बनेका छन्। घटना अनुसार गत राति उनी लगायत उनको सम्पूर्ण परिवार सुतिरहेको समयमा उपद्रवीहरूले खिडकीबाट पेट्रोल बम फ्याँकेको अनि जसले लागेर जिम्बालाई पनि चोट लागेको छ। जिम्बाको टाउकोमा उक्त घटनाअवधि चोट लागेको छ भने खिडकीको ऐना फुटनाको साथै पुजाकोठा जहाँ उनि सुतेका थिए त्यहाँको पर्दा पनि जलेको छ। उनको टाउको र आखा छेउमा चोट लागेको कारणले गर्दा उनलाई मिरिक अस्पतालबाट रेफर गरिएको थाहा लागेको छ । घटनालाई लिएर जिम्बाले मिरिक थानामा प्राथमिकी दर्ता गरेका छन् भने अझसम्म कसैलाई पक्राउ  गरिएको छैन।

घटनालाई लिएर जिम्बासित प्रश्न राख्दा वर्तमान अवस्थामा आफु चुपचाप बसेको अनि कसैलाई नराम्रो नभनेको भए पनि यसरी मध्यरातमा आफुमाथि हमला गरिनु उचित नरहेको बताएका छन्।

यसरी नै गत राति लगभग साँडे बाह्र बजीतिर कृष्णनगरमा स्थित जीटीएको कन्स्ट्रक्सन अफिसमा अज्ञात समुहले आगो लगाएको छ। घटनामा उक्त कार्यालय पूर्णरूपमा स्वाहा बनेको छ। घटनाबारे जानकारी पाएर उक्त स्थलमा पुगेका अग्निशमन बिभागका कर्मचारीहरुले आगोलाई नियन्त्रणमा लिएर छेउछाउका अन्य घरहरूलाई आगलागिबाट जोगाए पनि जीटीएको कन्स्ट्रक्सन अफिस भने जोगाउन असक्षम बनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया