तृणमूल ट्रेड युनियन लगायत अन्यको राजिनामा

Girl in a jacket

दार्जीलिङः तृणमूल काङ्ग्रेस ट्रेड युनियनका जिल्ला अध्यक्ष जेबी तामाङ अनि तृणमूल जिल्ला युवा कमिटीका महासचिव रमेश कडरियाले पार्टीबाट राजिनामा दिएका छन्। उनीसितै अन्य 20 जना युनियनका सदस्यहरूले पनि उनीसितै राजिनामा दिएका छन्।

‘जनान्दोलनमा सोमबारदेखि म राष्ट्रीय झण्डा बोकेर सडक उत्रनेछु,’ जेबी तामाङले भने। रमेश कडरियाले पनि दुइवपल्ट भाजपालाई सांसद पठाइसकिएको, जसको कदर अब गर्ने बेला आएको बताएका छन्।

यता पाटेन गोदेक ग्राम पञ्चायत अन्तर्गत धौले, कम्पाउन्डका 30 घर जाप अनि तृणमूल काङ्ग्रेस समर्थकहरु गोर्खा जनमुक्तिमा समेल भएका छन्। उत्तर कुमार राईको सभापत्तिवमा सम्पन एक सभामा उनीहरूले मोर्चाको झण्डा ग्रहण गरेका छन्। यस अवसरमा 45 समष्टी मोर्चा सचिव गगन राई, युवा मोर्चा समष्टी सचिव दीपक छेत्रीको पनि विशेष उपस्थिति रहेको प्रकाश कट्टेलले बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया