कविहरू सडकमा

मिरिकः आज सौरेनी समष्टिको आयोजनामा जुलुस सहित जातिय अस्तित्वका कविताहरू लिएर कवि गोष्ठीको आयोजना गरियो। सौरेनी बजारबाट र मञ्जु फाटक दश नम्बरदेखि शुरु भएपछि जुलुस टिङलिङ भ्यु पोइन्टमा आएर कविगोष्ठीमा परिणत भएको थियो भने सबैले जातीय पोशाक लगाएका थिए।

कविगोष्ठीलाई बरूण सिञ्चुरी र रोशन थापाले सञ्चालन गरेका थिए भने धेरैजना कविहरूले कविता वाचन गरेका थिए। यस बिषयमा मोर्चा नेता अरूण सिंगचीले भने, गोर्खाल्याण्ड गठनलाई ममताको षड्यन्त्रले रोक्न सक्दैन सिलगढीमा जुन शान्ति ऱ्यालीको नाममा गोर्खाल्याण्डको विरोधी ऱ्याली निस्किँदैछ त्यो ममताको षड्यन्त्र हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन