पूर्व सैनिकहरू निस्किए सडक

मिरिकः पूर्व सैनिक मोर्चा तराई शाखाले आज तराईका पूर्व सैनिकहरूलाई लिएर जुलुसको आयोजना गऱ्यो। जबडा मोडबाट शुरू भएको ऱ्यालीले बेलगाछीको परिक्रमा गरी पुनः जबडा मोडमै आएर एक पथसभामा परिणत भएको थियो।

पथसभालाई पूर्व सैनिक मोर्चा तराईका सचिव टीकाराम थापाले सम्बोधन गर्दै बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खालाई आतङ्कवादी भनेकामा भर्त्सना जनाए। ‘हामीले सम्पूर्ण जीवन र वैंश देशको सेवामै बितायौं, देशवासीलाई शान्तिको श्वास फेराउँदै सीमानामा पहरा दियौं अहिले कसरी हामी आतङ्कवादी भयौ? हामी आफ्नो मौलिक अधिकार माग्न सक्दैनौ? गोर्खाल्याण्ड राज्य कुन आधारमा हुँदैन? यसको जवाब मुख्यमन्त्रीले दिनुपर्छ,’ उनले भने।  उनले गोर्खाल्याण्ड राज्य गठन नभएसम्म पूर्व सैनिक मोर्चा निरन्तर आन्दोलनमा लागिपर्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन