पिकेटर्स महिलाहरूमाथि अपशब्द बोल्ने पुलिस अधिकारीविरुद्ध प्राथमिकी

मिरिकः दुधेमा पिकेटिङ गरिरहेका महिलाहरूसित हिजो बेलुकी पुलिसको एक उच्च अधिकारीको भनाभन चल्दा केही समय स्थिति तनाउपूर्ण बनेको थियो। महिलाहरूले उनीहरूमाथि अधिकारीले अपशब्द प्रयोग गरेको आरोप लगाएका छन्।  पुलिस अधिकारीले महिलाहरूमाथि हातपात गर्ने चेष्टा गरेको, बन्दुक देखाउँदै हेप्न खोजेको, भारतको राष्ट्रिय झण्डालाई समेत अपमान गरेको महिलाहरूले बताएका छन्।

आज यसै सम्बन्धमा गाडीधुरा थानामा उक्त अधिकारी विरूद्ध एफआइआर दर्ता गरिएको गोजमुमो दुधे ब्लक समितिका अध्यक्ष सन्तोष तामाङले बताएका छन्। उनले घटनाको जाँच हुनुपर्ने अनि अधिकारीलाई कार्वाही गरिनुपर्ने उनले माग पनि गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया