दार्जीलिङ, सिलगढी र तराईँ क्षेत्रमा तृणमूलले गर्दैछ अशान्तिः सीबीआई जाँच होस्-मोर्चा

दार्जीलिङः गोर्खाल्याण्ड आन्दोलनलाई बद्नाम गराउन तृणमूल काङ्ग्रेसले दार्जीलिङ, तराई अनि डुवर्सतिर साम्प्रादायिक हिंसा, तोडफोड, आगजनी गर्न समर्थकहरू खटाएको मोर्चाले आरोप लगाएको छ। मोर्चा सहसचिव विनय तामाङले विज्ञप्ति जारी गर्दै भनेका छन्, तृणमूल सरकारले मोर्चाका नेता अनि आन्दोलनलाई गलत साबित गर्न हिंसा मच्याउन मानिस खटाएको छ।

तामाङ अनुसार तृणमूल काङ्ग्रेसको सरकारले ओदलाबारी, मालबजार, मेटली, सिलगढी अनि डुवर्समा साम्प्रादायिक हिंसा भड्काउने काम गरिरहेको छ। ‘मोर्चाले गणतन्त्रलाई विश्वास गर्छ,’ तामाङले भनेका छन्, ‘पुलिसलाई लगाएर पसलेहरूलाई राशन नदिने फरमान गरिरहेको छ। कार्यालय जलाउने, बाहन जलाउने यी जम्मै तृणमूल सरकारको देखरेखमा भइरहेको छ।’

सिलगढीमा तृणमूल काङ्ग्रेसका समर्थकहरूले सिक्किमको वाहन तोडफोड गर्ने काम गरिरहेको अनि सबै पुलिसकै संरक्षणमा भइरहेकोबाट पनि ममता व्यानर्जीको सरकार आन्दोलन दबाउन कहाँसम्म तल झरेको छ, त्यो थाहा पाइने पनि बताएका छन्।

‘सिक्किमसित हाम्रो राम्रो सम्बन्ध छ,’ तामाङले भनेका छन्, ‘त्यो पनि तृणमूल सरकारलाई सह्य छैन। सिक्किमका मानिसहरूलाई सिलगढीमा सताउने, वाहन तोडफोड गर्ने, जलाउने जुन काम गरिरहेको छ, यी सबैको सीबीआई जाँच हुनुपर्छ।’

पहाडका जनताले गणतान्त्रिक आन्दोलन गरिरहेको तर पहाड, तराई र डुवर्समा त्यो आन्दोलन बिथोल्न तृणमूल काङ्ग्रेसले  जलाउने, तोड्ने, कुटपिट गर्ने, धम्क्याउने काम गरिहहेको तामाङले मोर्चाको बुझाइरहेको बताएका छन्।

तृणमूल काङ्ग्रेसको सरकारले दार्जीलिङमा पुलिस लगाएर 3 जनाको हत्या गरेको, 33 घाइते बनेको अनि पछिल्लो तीन हप्तामा तराईमा साम्प्रादायिक हिंसा मच्चाएर भारतीय गणतन्त्रको हत्या गरेको भन्दै यस सम्बन्धमा शीघ्र नै केन्द्रीय सरकारले हस्तक्षेप गर्नुपर्ने पनि तामाङले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन