खरसाङमा जल्यो स्पेशियो गाडी

खरसाङः खरसाङमा शनिबार राती बिहान लगभग २ बजेको समयमा एउटा स्पेशियो गाडी जलेर नष्ट भएको छ। दार्जीलिङतिरबाट सिलगढी गइरहेको डब्ल्युबी ७३ डी २९३० नम्बरको गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ। शनिबार राती खरसाङ अग्निशमन केन्द्रमा आगलागी भएको घटनाले सनसनी मच्चिएको समय फेरि राती २ बजे असामाजिक तत्वहरुले गाडीमा आगो लगाएपछि गाडी जलेर नष्ट भएको हो। खरसाङमा दुई तीनदेखि निक्कै अशान्ति सृजना भइरहेको छ। बिहिवार टुङ्गस्थित सन्तमेरिज-१ ग्राम पञ्चायत कार्यालय, शनिबार राती सन्तमेरिज-२ अनि चाँदमारीस्थित रेशम कार्यालयमा पनि आगो झोसिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया