शान्तिको अपीलसित अघि आयो गोर्खा पीस फोरम

सिलगढ़ीः केही दिनदेखि सिलगढ़ीमा भइरहेका केही अप्रिय घटनाहरूले समतल पनि अशान्त बन्दै गइरहेको प्रस्ट छ। विशेष गरेर वाहनहरूको तोड़फोड़ अनि केही अप्रिय घटनाहरूको कारण मानिसहरू केही भयभित छन्। स्थिति अझ बिग्रेर जाने सम्भावना नहोस् भनी गोर्खा पीस फोरम, तराई गठन गरिएको साथै यस्तो वातावरणमा सिलगढ़ीका सबै सम्प्रदायका मानिसहरूमाझ भाइचारा कायम राख्न अनि शान्ति बहाल गर्ने दिशामा फोरमले कार्य गर्ने जनाइएको छ।

आज सिलगढ़ी प्रेस क्लबमा सम्पन्न पत्रकार सम्मेलनमार्फत् फोरमका प्रवक्ता शक्ति शर्माले राजनैतिक दल, अराजनैतिक सङ्घ, व्यावसायिक सङ्गठन अनि सबै सम्प्रदायका मानिसहरूलाई सिलगढ़ीमा शान्ति बहाल गराउने दिशामा कार्य गरिदिने अपील गरेका छन्। आफूहरू कुनै पनि राजनैतिक दलसित संलग्न नरहेका बताउँदै शर्माले सिलगढ़ीमा बसोबासो गरिरहेका विभिन्न सम्प्रदायमाझ रहेको ऐक्यता र सम्बन्धलाई दुर्बल पार्न नहुने स्पष्ट पारे।

आगामी केही दिनभित्र राजनैतिक दल, सङ्घ सङ्गठन, व्यावसायिक समिति अनि सबै सम्प्रदाय र वर्गका व्यक्तिहरूलाई फोरमले लिखित अपील चढ़ाउने पनि तिनले जनाए। पुलिस प्रशासनसमक्ष शान्तिका निम्ति लिखित अपील चढ़ाइने पनि शर्माले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन