अझै 11 दिन बढ़्यो नेटबन्दी

दार्जीलिङः दार्जीलिङ पहाड़को नेटबन्दी अझै 11 दिन बढ्यो। आज फेरि दार्जीलिङकी जिल्लापालले एक सूचना जारी गरेर आगामी 15 जुलाईसम्म नेटबन्दी जारी रहने घोषणा गरेकी छन्। जसबाट दार्जीलिङ पहाड़का आम जनतामा पुनः निराशा छाएको छ। स्मरण गराइन्छ, दार्जीलिङको सिंहमारी इलाकामा पुलिस गोलीबारीमा परेर 3 जना गोजमुमो समर्थकको विभत्स मृत्यु भएपछि जनतामा सृजना भएको आक्रोसलाई ध्यानमा राखेरनै जिल्ला प्रशासनले दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेको थियो।

जुन इन्टरनेट सेवा भोलि 5 जुलाईदेखि सुचारू बन्ने जिल्ला प्रशासनले सूचित गरेको थियो। तर भोलिदेखि इन्टरनेट सेवा सुचारू बन्ने सम्भावनापछि जनताले खुशी व्यक्त गरिरहेका थिए, तर इन्टरनेट सेवा उपलब्ध हुने सम्भावनाबाट खुशी बनेका जनता पुनः जिल्ला प्रशासनको नयाँ सूचनाबाट फेरि निराश बनेका छन्। अब अझै 11 दिनसम्म अर्थात 15 जुलाईसम्म दार्जीलिङ पहाड़ इन्टरनेट सेवाविहीन बन्ने निश्‍चित भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन