तृणमूल कार्यालय जलाउने प्रयासः पुलिसले गऱ्यो लाठीचार्जःपत्रकारमाथि चलायो डण्ठा

कालेबुङःअज्ञात समूहले कालेबुङको 10 माइलस्थिति तृणमूल काङ्ग्रेस कार्यालय जलाउने कोशिश गऱ्यो। छेवैमा रहेको अफसपबाट लागेको आगोले ठूलोरूप लिन पाएन। अफसपलाई भने क्षति पुगेको छ।

तृंक कार्यालयमा आगो लागेको खबर पाउनसाथ मानिसहरूको भीड जम्यो। घटनास्थलमा पुगेका पुलिसले कसैलाई पनि घटनास्थल परिसरमा जान दिइरहेको छैन। भीडलाई नियन्त्रण गर्न पुलिसले लाठीचार्ज गऱ्यो। स्थानीय भीड र पुलिसमाझ केही क्षण मुठभेड पनि भयो, जसको कारण केहीक्षण तनाउपूर्ण स्थिति बन्यो।

यता समाचार सङ्कलन गर्न गएका पत्रकारहरूमाथि पुलिसले अभद्र व्यवहार गरेको छ। एक पत्रकारमाथि डण्ठा प्रहार समेत गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन