खरसाङको हुसेल खोलामा ढुङ्गा झरेर एनएच ५५ मा गाडी कुद्न बन्द

खरसाङः खरसाङ बजारदेखि १ किलोमिटरमाथि पर्ने हुसेल खोलामा माथिपट्टिबाट झरेको ढुङ्गा मुख्य सडकमा आएपछि बिहानदेखि गाडीहरु चलाचल  बन्द भएको छ। बुधबार बिहानको समयमा हुसेल खोलामा माथिपट्टिबाट पैह्रो सोह्रोरिएर आएपछि ठूलो ढुङ्गा पनि पैह्रोसितै आएर सडकमा आएपछि सडक बन्द भएको छ।

एनएच ५५ बन्द भएपछि सिलगढीबाट दार्जीलिङ जाने गाडीहरु सबै खरसाङको डाउहिल रोड हुँदै चिम्नी भएर दिलराम निक्लेर जाने गरेका छन्। त्यसरी नै दार्जीलिङबाट आउने गाडीहरु पनि सबै दिलरामबाट चिम्नी हुँदै डाउहिल रोडबाट खरसाङ निक्लेर चल्दैछन्। पहाड बन्दको कारण गाडीहरु कमै चलेपनि केही आपतकालीन सेवाको गाडीहरु भने लामो बाटो तय गरेर चल्दैछ। बन्द नभएको भए निक्कै समस्याको सामना गर्नुपर्ने हुन्छ। खबर लेखिञ्जेलसम्म उक्त ढुङ्गा हटाइएको थिएन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन