पुलिसले गऱ्यो ब्ल्याङ्क फायरः छोड्यो टीयर ग्यासः तीन मोर्चा कार्यकर्ता घाइतेः जल्यो एनबीएसटीसी कार्यालय

कालेबुङः आज अचानक कालेबुङ अशान्त बनेको छ। अज्ञात समूहले तृणमूल काङ्ग्रेसको कार्यालय अनि सरकारी सम्पति जलाउने प्रयास गरेपछि कालेबुङ अशान्त बनेको हो। 10 माइल स्थित तृंक कार्यालय जलाउने कोशिशपछि मोटर स्ट्याण्डस्थित उत्तर बङ्ग परिवहन निगमको (एनबीएसटीसी) कार्यालय जलाउने प्रयास गरिएको देखियो। यद्धपि अग्नीशमन विभाग कार्यालय निभाउन सक्षम बन्यो।

घटनापछि पुलिसी गस्ती अचनाक बढेको छ। गोर्खा जनमुक्ति मोर्चा एवं अन्य दलका कार्यकर्ताहरू सधैँ झैं बन्द जारी राख्न सडकमा छन्।  पुलिस र उनीहरूबीच पनि निक्कै समय मुठभेड भयो। पुलिसले भीड नियन्त्रण गर्न टीयर ग्यास छोड्नुपऱ्यो। पुलिसले टीयर ग्याससितै ब्ल्याङ्क फायर पनि गरेको खबर छ। यसबीच मोर्चाका तीन कार्यकर्ता घाइते बनेका छन्। उनीहरूलाई रबर बुलेट लागेको शङ्का गरिएको छ, यद्धपि यसको पुष्टी भएको छैन। उनीहरूलाई कालेबुङ अस्पताल पुऱ्याइएको छ।

पुलिस भीड नियन्त्रण गर्ने प्रयासमा छ। पुलिस र प्रदर्शनकारीहरूबीच जुन अनियन्त्रित स्थिति बनेको छ, यसलाई हेर्दा कालेबुङमा जतिबेला जे पनि हुनसक्ने सम्भावना एवं दिनभरिमा कालेबुङमा निक्कै ठूलो हिंसा हुने सम्भावना देखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन