मेटिँदैछ तृणमूलको अस्तित्वः शीर्ष नेतृत्वहरूले छाड्दैछन् दल

एनबी खवास

दार्जीलिङः गोर्खाल्याण्ड आन्दोलनको फलस्वरूप पहाडमा तृणमूल काङ्ग्रेसको दलीय अस्तित्व सङ्कटमा छ। गोर्खाल्याण्ड आन्दोलन शुरू भएलगत्तै धरतालतदेखि नै भत्किन शुरू भएको हिल तृणमूल काङ्ग्रेसका माथिल्लो तहका नेताहरूले पनि अहिले दलबाट राजीनामा दिन शुरू गरेका छन्।

आज दार्जीलिङबाट हिल तृणमूल कङ्ग्रेसका कार्यकारी अध्यक्ष एनबी खवाससितै उपाध्यक्षद्वय करिश्मा गिरी अनि मोहन लामाले संयुक्त रूपमा दलबाट राजीनामा दिएका हुन्।

‘अलग राज्य गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन जनाउँदै तृणमूल कङ्ग्रेसबाट राजीनामा दिएका हौँ’,हिल तृणमूल कङ्ग्रेसका कार्यकारी अध्यक्ष एनबी खवासले भने, ‘गोर्खाल्याण्ड आन्दोलनलाई हाम्रो पूर्ण समर्थन छ।’

उनले आन्दोलनलाई समर्थन जनाए पनि यस आन्दोलन गोर्खाल्याण्डभन्दा सानो व्यवस्थामा पुगेर टुङ्गिनु नहुने सुझाउ राखेका छन्।

गोर्खाल्याण्ड आन्दोलन शुरू भएदेखियता पहाडमा तृणमूल काङ्ग्रेसबाट राजीनामा दिने क्रम जारी छ। दलका तृणमूल स्तरका नेतृत्वहरूदेखि लिएर अहिले शीर्षस्थ नेतृत्वहरू पनि राजीनामा दिनेहरूको लहरमा छन्।

 

 

 

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन