सीआरपीएफको गोली लागेर टासी भोटियाको मृत्युः यस्तो छ घटना

सोनादाः सीआरपीएफले चलाएको गोली लागेर फेरि एकजना युवकको मृत्यु भएको छ। शुक्रबार राती 11.15 बजीतिर सोनादामा सीआरपीएफले चलाएको गोली लागेर स्थानीय टासी भोटिया उर्फ खिट्टाको मृत्यु भएको हो। गोरामुमो नेता निरज जिम्बाले मृतक गोरामुमो कार्यकर्ता रहेको दावी गरेका छन्।

स्रोतका अनुसार टासी भोटिया सोनादा छाङखोला निवासी हुन्। आफ्नो विरामी भाइका निम्ति राती घरबाट निस्केर दवाई किन्न औषधी पसलमा उभिएकै समय सीआरपीएफले चलाएको गोली लागेर उनको मृत्यु भएको स्रोतले जनाएको छ।

उनको शव त्यही फसल अघिल्तिर पेको थियो।

यता स्थानीय गणेश स्टोरले रातीको समय पनि दवाई दिने गरेका कारण टासी शेर्पा राती 11 बजीतिर दवाई किन्न गइरहेको परिवारपक्षको भनाइ छ।

अर्का स्रोतका अनुसार रातीको समय सीआरपीएफले रेड गरिरहेको थियो। त्यसबेला स्थानीय युवकहरू अनि पुलिसकर्मीहरूमाझ भीडन्त भयो। यसै भीडन्त अवधि भागाभाग हुँदा सीआरपीएफले फाइरिङ गऱ्यो र फाइरिङमा परेर टासी भोटियाको मृत्यु भएको बताइएको छ।

यसरी दवाई किन्न गइरहेको समय निर्दोष युवकमाथि गोली चलाइएको आरोप लगाउँदै हत्याराहरूलाई कार्यवाही गर्नुपर्ने मागमा मृतक युवकका परिवारपक्षले सोनादा आउटपोष्टमा प्राथमिकी दर्ता गरेका छन्।

‘दार्जीलिङ पुलिसले हत्याको मामिलामा भएको उक्त एफआईआर स्वीकार गरेको छ’-विश्वस्त सूत्रले भन्यो, ‘सोनादा फाइरिङमा संलग्न पुलिसकर्मीहरू विरूद्ध कार्यवाही गर्ने दार्जीलिङ पुलिसले आश्वस्त गराएको छ।’

अहिले सोनादामा टासी भोटियाको शव थाना अघि नै राखेर प्रदर्शनकारीहरूले बङ्गाल पुलिस प्रशासनविरूद्ध विक्षोभ प्रदर्शन गरिरहेका छन्।

घटना थाहा पाएपछि आज बिहानदेखि अचानक थानाअघि मानिसहरूको भीड जमेको छ। उनीहरूले पुलिस प्रशासनलाई हत्यारा बताउँदै व्यापक नाराबाजी गरिरहेका छन्। भीडलाई नियन्त्रण गर्न यता पुलिसले टीयर ग्यास छोडेको छ।

खबर लेख्दासम्म सोनादामा तनाव बढिसकेको छ। कालेबुङमा झैं टीयर ग्याससितै पुलिस प्रशासनले गोली चलाउन सक्ने सम्भावना पनि उत्तिकै छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन