पुलिस फाइरिङमा दार्जीलिङमा पनि एकको मृत्यु, अनेकौं घाइते

दार्जीलिङ: सोनादाको तनाउ दार्जीलिङ सरेको छ। टाशी भोटियाको मृत्यु लिएर पहाडवासी आक्रोशित छन्। उनीहरूले सोनादा र दार्जीलिङका पुलिस पोष्टहरूमा आगो लगाइदिएका छन्। दार्जीलिङमा पुलिस वाहन तोडफोडसमेत गरेका छन्।

प्रशासन विरुद्ध व्यापक नाराबाजी निरन्तर छ। यसबीच दार्जीलिङमा जमेको आक्रोशित भीडलाई नियन्त्रणमा ल्याउन पुलिसपक्षबाट अश्रुग्याससितै फाइरिङ गरेको थियो। यसै फाइरिङमा एक प्रदर्शनकारीको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ।

गोली लागेर घटनास्थलमा नै मृत्यु हुने तुङसुङ निवासी सुरज सुन्दास (37 वर्ष) रहेको बताइएको छ। सोनादा र दार्जीलिङ दुवैको फाइरिङमा अन्य धेरै प्रदर्शनकारी घाइते बनेको पनि बताइएको छ।

दार्जीलिङमा सीआरपीएफले विभिन्नस्थलमा रौचिरा अभियान थालेर छापामारी शुरु गरेको छ। अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न भने सक्षम बनेको छैन। बताइएअनुसार अस्पतालसमेतमा सीआरपीले छापामारी गरिरहेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया