आशा कुमारको मृत्युः विमल गुरूङले गरे सीबीआई जाँचको माग

कालेबुङः दार्जीलिङमा  भएको गोलीकाण्ड ज्यान गुमाउनेहरूको संख्यामा अझ १ जनाको नाम थपिएको छ।  प्राप्त जानकारी अनुसार पुलिसले हिजो दार्जीलिङमा गरेको गोलीबारीमा परेर सोचनीय अवस्थामा अस्पतालमा उपचाराधिन रहेका आशा कुमारले पनि अन्तिम स्वास फेरेका छन्। गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङले हालैमा एउटा विज्ञप्ती जारी गरेर सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकित परिवारहरूप्रति समवेदना प्रकट गरेका छन्।

बङ्गाल सरकारले पुलिस प्रशासनको माध्यमबाट गरिरहेको बर्बरतापूर्ण घटनाको सीबीआई जाँच हुनुपर्ने माग पनि गुरूङले गरेका छन्। गणतान्त्रिक ढङ्गमा आफ्नो माग लिएर निहत्था सडकमा निस्किएका निर्दोष मानिसहरूलाई कुनै जाँच बुझ नगरी अनि केही नसोधी सोझै ताकेर गोली ठोकी हत्या गरिरहेको बताउँदै गुरूङले “दार्जीलिङ पहाडमा मानवाधिकारको हनन भइरहेको अनि यसको सीबीआई जाँच हुनुपर्छ” भन्ने माग राखेका छन्।


फोटोः मृतक समिर गुरूङ

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन