तृणमूल कार्यकारी अध्यक्षले दिए पार्टीबाट राजिनामाः गोर्खाल्याण्डको निम्ति छाती थाप्छु-तामाङ

कालेबुङः कालेबुङ जिल्ला तृणमूल काङ्ग्रेसका कार्यकारी अध्यक्ष पासाङ तामाङले आफ्ना सम्पूर्ण समर्थहरूसहित तृणमूल काङ्ग्रेस त्यागेर आजदेखि गोर्खाल्याण्ड आन्दोलनमा सहभागी बनेको घोषणा गरेका छन्।

आज आफ्नै वासस्थानमा एउटा पत्रकार सम्मेलनको आयोजना गरी तामाङले तृणमूल काङ्ग्रेसको पद लगायत साधारण सदस्यता पनि त्यागेर आफू गोर्खाल्याण्ड आन्दोलनमा सहभागी बन्न अघि बढेको बताएका छन्।

‘जाति र माटोको स्थितिलाई हेरेर सबैजना एक भएको समयमा अनि हाम्रै दाजुभाइहरूमाथि पुलिसले गरिरहेको बर्बरतापूर्ण घटनालाई देखेर जाति र माटोको निम्ति अघि आउन नै उचित लाग्यो र तृणमूल त्याग गरेको हुँ’, पासाङ तामाङले भने, ‘गोर्खाल्याण्डको निम्ति अब आफ्नो छात्ती थाप्न पर्छ भने पनि म तयार छु।’

यद्यपि आन्दोलन गर्न कुनै राजनैतिक दलको झण्डा भने नसमात्ने अनि जनसाधारणकै रूपमा आन्दोलनलाई सहयोग पुऱ्याउने उनले बताए।

‘जाति, चिह्नारी र माटो बाँचे स्थिति राम्रो भएपछि कुनै पनि राजनैतिक पार्टीमा सामेल भएर राजनीति गर्न सकिन्छ, आफ्नै पार्टी खोल्न नी सकिन्छ तर वर्तमान स्थिति पार्टी हेर्ने होइन तर जाति र माटो अनि चिन्हारीको रक्षा गर्ने समय छ यसैले तृणमूल त्यागेर सम्पूर्ण समर्थहरूसहित म आजदेखि गोर्खाल्याण्ड आन्दोलनमा सहभागी  बनिरहेको छु,’- पासाङ तामाङले अझ भने, ‘गोर्खाल्याण्ड मागलाई लिएर हालमा सिक्किम सरकार अनि मुख्यमन्त्री पवन चामलिङले दिइरहेको सहयोगप्रति  आभार व्यक्त गर्छु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन