वार्ता गरेर पहाड़ समस्या समाधान गरून्ः एसयूसीआई

दार्जीलिङः एसयूसीआई (सोसियलिस्ट युनिटी सेन्टर अफ् इन्डिया) कम्युनिष्टले पनि दार्जीलिङ पहाड़मा राज्य पुलिस र केन्द्रिय अर्द्धसैनिक बलको अमानवीय अत्याचारको विरोध गर्दै केन्द्र र राज्य सरकारले गणतान्त्रिक आन्दोलनलाई सम्मान गरी शीघ्र बिनाशर्त त्रिपक्षीय वार्ताको आयोजना गरेर समस्याको समाधान सूत्र खोजी निकाल्नुपर्ने माग गरेको छ।

एसयूसीआई दार्जीलिङ जिल्ला सचिव गौतम भट्टाचार्यले यसैबारे एक विज्ञप्ति जारी गर्दै भनेका छन्-दार्जीलिङ पहाड़मा चलिरहेको आन्दोलनको  क्रममा पुलिस र अर्द्धसैनिक बल सीआरपीएफको गोली लागेर 6 जनाको ज्यान गइसकेको छ, यसलाई विरोध गर्ने कुनै शब्दनै छैन। सोनादा निवासी टाँसी भोटियामाथि गोली चलाएर हत्या गरिएको छ, जो औषधि किन्नको लागि दोकान गइरहेका थिए। यसमाथि निष्पक्ष जाँच हुनपर्छ अनि यस काण्डमा जो पनि दोषी छन्, उनीहरु विरूद्ध कठोर कानूनी कार्वाही हुनपर्छ।

यति मात्रै होइन, पुलिस र प्रशासनले दार्जीलिङ पहाड़मा आवश्यक खाद्यान्न पुर्याउने गाड़ीहरूलाई पनि रोकिरहेका छन्, जसको उद्देश्य पहाड़का जनतालाई भोको बनाएर मार्ने रहेको स्पष्ट हुन्छ। पुलिस अनि प्रशासनको यस्तो कार्य सोझै अमानवीय अनि भर्त्सनायोग्यको हो। यसैले यसप्रकारको अमानवीय कार्य यथाशीघ्र रोक्नुपर्ने माग पनि एसयूसीआईको पक्षबाट भट्टाचार्यले गरेका छन्। यसका साथै उनले केन्द्र र राज्य सरकारले पहाड़को समस्या समाधान गर्नको लागि बिनाशर्त त्रिपक्षीय वार्ता डाक्नुपर्ने अनि उक्त वार्ताको माध्यमबाट स्वीकारयोग्य समाधान निकाल्नुपर्ने पनि माग गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन