खरसाङ महकुमा शासक कार्यालयको रेकर्ड रुममा आगलागी

Girl in a jacket

खरसाङः सोनादा र दार्जीलिङमा  घटेको घटनापछि पहाडमा आगलागीको घटना फेरि शुरु भएको छ। शनिबार राती खरसाङ महकुमा शासक कार्यालयमा पछाडीपट्टिबाट असामाजिक तत्वहरूले पेट्रोल बम्बद्वारा हमला गर्दा रेकर्ड रुम जलेको छ।

आगलागीमा उक्त रुममा राखिएका कागज पत्रहरु लगायत टेबल-चौकी, कम्प्युटरहरु जलेको छ भने खिड्कीका ऐनाहरु पनि फुटेको छ। आगलागीको घटना चाल पाउनसाथ पुलिस प्रशासन र गाउँलेहरु मिलेर आगो नियन्त्रणमा ल्याउन सफल भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया