सोनादामा पुलिस आउट पोष्ट र टुङमा बन विभागको कार्यालय जल्यो

निर्माण थापा

सोनादाः टाँसी भोटियाको गोली लागेर निधन भएपछि शनिबार दिनभरि नै सोनादा क्षेत्र अशान्त बन्यो। आइतबार पनि टाँसी भोटियाको शवयात्रामा मानिसहरूको भीडभाड देखिएको थियो भने पुलिस कर्मी कोही देखिएनन्।

सोनादा पुलिस आउट पोष्टको दैलो बन्द थियो। दिउँसो पनि पुलिस कर्मचारीहरू देखिएनन्। दार्जीलिङबाट आएका ४ गाडी सेनाले मात्र सोनादामा गस्ती लगाइरहेको देखियो।

आज दिउँसो लगभग २ बजेतिर सोनादा पुलिस आउटपोष्ट जल्यो। यसपछि स्थिति निक्कै तनाउपूर्ण बनेको थियो। पुलिस बस्ने ब्यारेक पनि जलेको छ। थाना प्रभारी विश्वजित घोषसित सम्पर्क हुनसकेन। आउटपोष्ट जलाउँदा पुलिस प्रशासनले आवश्यक कागजपत्रहरु निकाले वा निकालेनन् जानकारी प्राप्त भएन भने घटनाको समय पुलिस घटनास्थलमा कोही नभएको जानकारी प्राप्त भएको छ।

आगलागीमा छेवैको पुलिस बस्ने ब्यारेक पनि जलेको छ। त्यसरी नै टुङ गैरी गाउँस्थित वन बिभागको कार्यालय पनि शनिबार राती जलेको छ‌। आगलागीमा आवश्यक कागजपत्रहरु र कर्मचारीवर्गको लुगाफाटा सबै जलेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन