110 मिटर राष्ट्रीय झण्डामुनि गोर्खाल्याण्डः गोसँससको दाबी-बङ्गालमा राष्ट्रपति शासनःगोर्खाल्याण्डबारे केन्द्र बोल

नयाँ दिल्लीः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले आज दिल्लीमा विशाल ऱ्याली निकाल्यो। सैयौँ गोर्खाहरूले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै 110 मिटर लामो राष्ट्रीय झण्डासितै ऱ्याली निकालेको थियो। उनीहरूले केन्द्रको ध्यानाकर्षण गर्दै भने, पश्चिम बङ्गालमा राष्ट्रपति शासन लागु हुनुपर्छ अनि केन्द्र गोर्खाल्याण्डको निम्ति बोल्नुपर्छ।
गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले अर्द्धसैनिक बल हटाउन केन्द्रले हस्तक्षेप गर्नुपर्ने माग पनि गरेको छ। ‘पश्चिम बङ्गाल सरकारले दार्जीलिङ पहाडका आम मानिसलाई आतङ्कवादीझैं व्यवहार गरिरहेको छ। सोझा जनताको हत्या गरिरहेको छ। केन्द्र सरकारले दार्जीलिङबाट अर्धसैनिक बल हटाइदिनुपर्छ,’ संवादमाध्यमसित बोल्दै गोसँससका प्रमुख किरण बिकेले भने।

प्रदर्शनकारीहरूले 110 वर्ष पुगेको आफ्नो मुद्दाबारे बुझाउन 110 मिटरको राष्ट्रीय झण्डा बाकेर  जन्तरमन्तरबाट ह्युमन चेन बनाएका थिए। उनीहरूले तीनहप्तादेखि जन्तरमन्तरमा प्रदर्शन गरिरहेका छन्।

यसैबीच जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री पनि ऱ्यालीमा सहभागी बन्न पुगेका थिए भने उनले सम्बोधन पनि गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन