चिरा पऱ्यो राजमार्गः जोखिममा यातयात (फोटो फिचर)

कालेबुङः  रातदिनको झरिले राजमार्गलाई क्षति पुऱ्याएको छ। एनएचपीसीको कारण दबिने थालेको राजमार्ग अलिक धेर झरी पऱ्यो कि धस्किने गरेको छ। हिजो रातीदेखि परेको झरीले गेलखोला र 29 माइल चिरा परेको छ। बिरिक डाँडा नजिक एवं भुइँचाले छेउको राजमार्ग पनि उसरी नै दबिएको छ।

बिहान 5 बजीदेखि दबिन शुरु भएको राजमार्गलाई सूचारू गर्न पीडब्ल्युडी कर्मचारी राजमार्ग उत्रेका थिए। उनीहरूले 12 बजीसम्ममा यातायातलाई सामान्य गरे पनि जोखिम भने उत्तिकै रहेको छ।

दुइदिन यसरी नै झरी परेमा दबिएको राजमार्ग टिस्टामा खस्ने सम्भावना धेरै छ। यदि यस्तो भएमा तराई र दार्जीलिङ-सिक्किमकोबीच सम्पर्क विच्छेद निश्चित छ।

पीडब्ल्युबीले बताए अनुसार झरीको कारण जस्तर बढेकोले टिस्टा नदीले बाटोले तानेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन