दार्जीलिङ हिल्स् मोबाइल टावर कल्याण सङ्गठनले कम्पनीलाई दियो अल्टिमेटम

सोनादाः दार्जीलिङ हिल्स् मोबाइल टावर कल्याण सङ्गठनको सभा आइतबार आपतकालीन रुपमा अकबर सुब्बाको सभापतित्त्वमा सम्पन्न भयो। सभामा गत जून महिनादेखि नै पहाडमा इन्टरनेट सेवा बन्द गरिदिएकोले आम जनता लगायत विद्यार्थीहरू धेरै मर्कामा परेको विषयमा छलफल भयो।

‘कम्पनीहरूसित जान्न चाहँदा बङ्गाल सरकारले नै सेवा ठप्प गरेको बताउँछन्। सेवालाई चाँडोभन्दा चाँडो सञ्चालन गर्नको लागि सङ्गठनले १६ जुलाई सम्मको ससय दिएको छ,’ सङ्गठनका सचिव सुदर्शन राईले भने,  ‘१६ जुलाईसम्ममा पनि इन्टरनेट सेवा चालु नभए दार्जीलिङका सम्पूर्ण क्षेत्र लगायत सिक्किमसम्म नेटवर्क पूर्णरुपमा ठप्प पार्ने चेतावनी दिएका छौँ। यस अवधी कुनै दुर्घटना भए च्यसको जिम्मेवारी बङ्गाल सरकार नै हुनेछ।’

उनले बङ्गाल सरकारको कोल्टे नीति र गोर्खाहरुको मौलिक अधिकार हननप्रति सङ्गठनले घोर बिरोध रहेको राईले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन