दार्जीलिङमा निस्कियो खुकुरी जुलूसः युथ होस्टलको एकांशमा लगाइयो आगो

दार्जीलिङः दार्जीलिङमा पनि आज निस्कियो खुकुरी जुलूस। अलग राज्य गोर्खाल्यान्डको मागमानै गत केही समयदेखि दार्जीलिङ पहाड़का विभिन्न स्थानहरूमा जनताले खुकुरी अनि हँसिया जुलूसहरुको आयोजना गरिरहेका छन्। गोर्खाल्यान्डको मागलाई दबाउने राज्य सरकारको नीति अनि गोर्खाल्यान्ड आन्दोलनको क्रममा सड़कमा आएका निहत्था युवाहरुमाथि पुलिसले गोली चलाएको विरोधमानै पहाड़का जनताले जातीय हतियार खुकुरी निकालेर जुलूसको आयोजना गरिरहेका छन्। यद्यपि, अहिलेसम्म खुकुरी जुलूस निकाल्नेहरु विरूद्ध पुलिसले कुनै कार्वाही भने गरेको छैन।

आज बिहान यहाँको रेलवे स्टेशनबाट शुरू गरिएको खुकुरी जुलूसमा विशेष युवाहरु अधिक संख्यामा सामेल थिए भने उनीहरुले बंगाल सरकार विरूद्ध व्यापक नाराबाजी गरिरहेका थिए। यसैबीच, अर्कोतर्फ दार्जीलिङ पहाड़मा चलिरहेको यस नयाँ आन्दोलनको क्रममा पुलिसको गोली लागेर मृत्यु हुनेहरुको संख्या 7 पुगेको छ। 17 जूनको दिन सिंहमारीमा भएको गोलीकाण्डमा परेर 3 जना क्रमैले अनिल राई, विमल शाशंकर र महेश गुरूङको विभत्स मृत्यु भएको थियो भने 7 जुलाईको राती पुलिसको गोली लागेर सोनादा निवासी टाँसी भोटियाको मृत्यु भएको थियो।

यसको लगत्तैपछि 8 जुलाईको दिन पुनः दार्जीलिङ शहर र सिंहमारीमा भएको गोलीकाण्डकै चपेटमा परेर सुरज भुषाल र समीर गुरूङको मृत्यु भएको थियो भने अशोक तामाङ गम्भीर घाइते भएका थिए, जसको आज बिहान मृत्यु भएको छ। यसरीनै पुलिस गोलीकाण्डमानै परेर कैयौं गोर्खाल्यान्ड आन्दोलनकारीहरु घाइते भएका छन्। जसको उपचार विभिन्न अस्पतालहरुमा चलिरहेको जानकारी पाइएको छ।

यी सम्पूर्ण घट्नाहरुबाट आक्रोसित बनेका जनताले पहाड़का विभिन्न स्थानहरूमा खुकुरी जुलूस निकालेर राज्य सरकारको विरोध गरिरहेका छन्। यसैबीच, हिजो मध्य राती दार्जीलिङको युथ होस्टलको एकतर्फको कार्यालयलाई आगो लगाएर ध्वंश बनाइएको छ। स्मरण गराइन्छ, युथ होस्टल जीटीएको अधीनमा छ। जुन भवनलाई राज्य सरकारले गत केही वर्षअघि मात्रै जीटीएलाई सुम्पिएको थियो। यसको साटो जीटीएले यहाँको लेबोङ कार्ट रोड नजिक अवस्थित सिस्टर निवेदिता भवन राज्य सरकारलाई हस्तान्तरण गरेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन