अलबिदा अशोक

दार्जीलिङः गोर्खाल्यान्डका सातौं शहीद अशोक तामाङलाई पनि आज दार्जीलिङले अश्रुपूर्ण विदाई दियो। यस अवधि सम्पूर्ण दार्जीलिङनै सड़कमा ओर्लिएको थियो। आज बिहान लगभग 11 बजी अशोक तामाङको शव उनको घरबाट निकालेर शहर घुमाइयो, यस अवसरमा हजारौंको संख्यामा आम जनता सड़कमा ओर्लिएका थिए।

उनीहरुले अशोक तामाङसँगै अन्य 6 जना गोर्खाल्यान्ड समर्थकहरुलाई गोली ठोक्ने बंगाल पुलिसको विरोधमा व्यापक नाराबाजी गरे अनि पहाड़मा भएको गोलीकाण्डमाथि सीबीआई जाँच गराउनुपर्ने माग पनि बुलन्द पारे। ज्ञात रहोस्, गत 8 जुलाईको दिन दार्जीलिङ शहरमा भएको गोलीकाण्डको चपेटमा परेर तुङसुङ निवासी सुरज भुषालको तत्कालै देहान्त भएको थियो भने अशोक तामाङ गम्भीररूपमा घाइते भएका थिए।

जसको हिजो बिहानीपख सिक्किमको एक अस्पतालमा निधन भएको थियो। यसैबीच, गोर्खा जनमुक्ति मोर्चाले अशोक तामाङलाई गोर्खाल्यान्ड आन्दोलनका एक शहीद घोषणा गरेको थियो। जसलाई श्रद्धार्पण गर्नको लागि आज हजारौंको संख्यामा जनता सड़कमा ओर्लिएका थिए भने उनको अन्तिम संस्कार यहाँको मुर्दाहट्टीमा गरिएको थियो। आज अशोक तामाङको शवयात्रा निकाल्दा पनि दार्जीलिङ शहरमा पुलिस बलको तैनाथी शुन्य देखियो। एउटै पनि पुलिस, सीआरपीएफ कर्मी शहरमा देखिएन।

फलस्वरूप शहरमा आज यो समाचार लेख्दासम्म  कुनै अप्रिय घट्ना भएको सुनिएको छैन। ज्ञात रहोस्, गत 17 जूनदेखि यता दार्जीलिङका विभिन्न स्थानमा पुलिसको गोली लागेर 7 जनाको मृत्यु भइसकेको छ भने कैयौं गोर्खाल्यान्ड समर्थकहरु गम्भीर घाइते बनेका छन्। जसमाथि गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीले सीबीआई जाँच गराउनुपर्ने माग गरिरहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन