टिस्टा हाइडल प्रोजेक्ट-3 आजदेखि अनिश्चितकालीन बन्दः अधिकारीले भने, मात्थिलो निकायमा खबर गरिसकें

हाइवेः मङ्पू गोर्खाल्याण्ड समर्थकहरूले आज टिस्टा जल परियोजना चरण-3 कार्यालय घेराउ गऱ्यो। परियोजनामा कार्यरत 32 जना चालकहरूले आजदेखि काम नगर्ने भन्दै विभागीय अधिकारीलाई चाबी सुम्पिएका छन् भने परियोजनामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले पनि आजदेखि परियोजनामा काम नगर्ने निर्णय लिएका छन्।

‘जबसम्म छुट्टै राज्य हुँदैन र आन्दोलन चलिरहन्छ, तबसम्म हामी सबै कर्मचारीहरू काममा जानेछैनौँ,’ उनीहरूले बताए, ‘यसै कारण आजदेखि चरण-3 बाट बिजुली उत्पादन हुने छैन।’

प्रदर्शनकारीहरूको दवाब खप्न परेका प्रबन्धक एसके अग्रवालले उत्पादन ग्नै चारैवटा टर्वाइन आजदेखि बन्द गरिने अनि बाँध भने खुला हुने बताए।

‘आजदेखि चरण-3 का सबै कार्यालय बन्द गरिएको छ,’ अग्रवालले भने, ‘यसको खबर उच्चाधिकारीलाई फ्याक्स मार्फत दिइनेछ।’ खबरम्यागजिनका हाइवे खबरदाता उमेश परियारले बताए अनुसार प्रदर्शनकारीहरूले जम्मै स्टेजको उत्पादन बन्द गर्ने माग गरिरहेको छ। आज 3-बाट हुने उत्पादन भने बन्द गरिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन