भोटिया अनि राई बोर्डका सदस्यद्वारा राजिनामा

राई विकास बोर्डका सदस्य मेघराज राई

कालेबुङः पश्चिम बङ्गाल भोटिया विकास बोर्डका दुईजना सदस्यले पदबाट राजिनामा दिएका छन्। बोर्डका कार्यकारी सदस्य केसाङ दोर्जी भोटीया अनि सदस्य छिरीङ भोटियाले आज पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजिनामा दिएको सार्वजनिक घोषणा गरेका छन्।  वर्तमानमा चलिरहेको गोर्खाल्याण्ड राज्य गठनको मुद्दालाई समर्थन जनाउन नै आफूहरूले बोर्डको सदस्यताबाट राजिनामा दिएको उनीहरूले बताएका छन्।

अर्कोतिर भर्खरै मात्र कालेबुङबाट राई विकास बोर्डका सदस्य मेघराज राईले पनि पदबाट राजिनामा दिएका छन्। वर्तमान पहाडको स्थितिलाई मध्यनजर राख्दै संवैधानिक अधिकार गोर्खाल्याण्डको समर्थन जनाउन नै आफ्नो पदबाट राजिनामा दिएको उनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन