खरसाङमा जनसमुद्रः आन्दोलनमा जनताले नेताहरूलाई ग्लुकोज दिने काम गर्नुपर्छ

निर्माण थापा

खरसाङ: ‘यो जनताको आन्दोलन हो, पहिले नेताहरूले जनतालाई ग्लुकोज दिने काम गर्थे तर अहिलेको आन्दोलनमा जनताले नेताहरूलाई ग्लुकोज दिने काम गर्नुपर्छ,’ खरसाङको पथसभामा तुषार राईले भने। तिनले खरसाङदेखि केही मुनि अम्बटेमा एक परिवारले बन्दको कारण विगत सात दिनदेखि मकै खाँदै बसेको कुरा खुलाउँदै ती परिवारले ‘अब जे भएपनि गोर्खाल्याण्ड ल्याउनुपर्छ बरु हामी भोकै मरे पनि गोर्खाल्याण्ड चाहिँ हुनुपर्छ’ भनी बताएको कुरा पनि गरे। तिनले अब नेताहरुले कुनै व्यवस्थामा सम्झौता गरे मकै खाएर वा भोकै बसेर आन्दोलन गरिरहेकाहरूमाथि सबैभन्दा ठूलो धोका हुने बताए।

आज खरसाङमा जनसमुन्द्र उर्लिएको थियो। उनीहरूले गोर्खाल्याण्डको मागसहित नाराबाजी गरे। ऱ्याली टुरिस्ट लजबाट शुरु भएर खरसाङ बजार परिक्रमा गर्दै वर्तमान रोड हुदै मोटर स्ट्याण्डमा आएर पथसभामा परिणत भएको थियो।

फुर्बा लामाले भने, ‘बङ्गाल सरकारले हामीलाई अलगाववादी भन्छ तर भारतमा तूणमुलले आमरा बङ्गाली, बङ्गला भाषा बचाऊ कामिटी मिलेर ग्रेटर बङ्गालको षड्यन्त्र रचिरहेको छ, त्यसमाथि किन बोल्दैन?

खरसाङ समष्टीका विधायक डा. रोहित शर्मा, पूर्व कार्यकारी सभासद एंव मोर्चाको सहसचिव अनित थापाको पनि उपस्थिति थियो। १३ जुलाई बिहिबार भानु जयन्ती गोर्खा एकता दिवसको रूपमा मनाउने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन