कालेबुङमा २०३ औं भानु जयन्ती पालन

जिल्लाअधिकारी कार्यालयमा दीप प्रज्वलन गर्दै डा विश्वनाथ

कालेबुङः नेपाली साहित्य अध्ययन समिती अनि गोर्खाल्याण्ड कोअर्डिनेसन कमिटोको संयुक्त आयोजनामा आज कालेबुङ त्रिकोण पार्कमा अवस्थित भानुभक्तको सालिगमा माल्यार्पण गरी २०३ औं भानुजयन्ती पालन गरियो। विगत वर्षहरूमा टाउन हलमा विविध कार्यक्रमसहित भानु जयन्ती पालन गरिने गरिएको भए तापनि वर्तमानमा चलिरहेको आन्दोलनको कारण यसपाली केवल सालिगमा माल्यार्पण गरेर भानु जयन्ती पालन गरियो। समितीका अध्यक्ष ज्ञान सुतार, सचिव बलभद्र शर्मा आदिको पहलमा गरिएको यस कार्यक्रममा विभिन्न सङ्घ-संस्था, शैक्षिक संस्थान, राजनैतिक दलका नेतृवर्ग, प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो। यस अवसरमा भानुभक्तको सालिगमा माल्यार्पण गर्न विधायक सरिता राई, जिल्ला पुलिस अधिक्षक अजितसिङ यादव, नगराध्यक्ष शुभ प्रधान लगायत व्यापक मात्रामा जनसाधारणको उपस्थिति रहेको थियो।

यसरी नै सूचना तथा सांस्कृतिक विभागको आयोजनामा जिल्ला अधिकारीको कार्यालयमा २०३ औं भानु जयन्ती पालन गरियो।  कार्यक्रममा जिल्ला अधिकारी डा. विश्वनाथ, जिल्ला पुलिस अधिक्षक अजितसिङ यादव, जिल्ला सूचना तथा सांस्कृतिक विभाग अधिकारी दिपक केरकेट्टा आदि विशेष रूपमा उपस्थित थिए। अतिथीहरूको बाहुलीबाट भानुभक्तको तस्वीरअघि दीप प्रज्वलन साथै खदार्पण गरी शुरू गरिएको कार्यक्रमलाई जिल्लाअधिकारी अनि पुलिस अधिक्षकले सम्बोधन गरेका थिए। सम्बोधनमा जिल्लाअधिकारी डा विश्वनाथले आदिकवि भानुभक्तको समाज अनि जातिप्रतिको योगदान महत्त्वपूर्ण रहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन