खस बोर्ड अध्यक्षले दिए राजिनामा: गोर्खाल्याण्ड आन्दोलनलाई सहयोग पुऱ्याउने

Exif_JPEG_420

कालेबुङ, १३ जुलाई।

पश्चिम बङ्गाल खस विकास तथा सांस्कृतिक बोर्डका अध्यक्ष राजेन भेटीवालले आज आफ्नो पदबाट राजिनामा दिएका छन्। गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन जनाउन नै विकास बोर्ड अध्यक्ष पदबाट राजिनामा दिएको उनले बताएका छन्।

“ वर्तमान गोर्खाल्याण्डको आन्दोलन जन आन्दोलनको रूपमा परिवर्तित भइसकेको छ। यस अवस्थामा मैले आफूलाई गोर्खाल्याण्ड आन्दोलनदेखि अछुतो राख्न सकिन। सोही कारण बोर्ड अध्यक्षको पदबाट राजिनामा दिइरहेको छु”-उनले राजिनामा दिनुको कारणबारे बताए।

“मैले राजिनामा दिने कुराबारे १० दिनअघि नै गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटीका संयोजक कल्याण देवानसित कुरा गरिसकेको थिएँ। यद्यपि कसैको करकापमा परेर मैले आफ्नो राजिनामा दिएको होइन”-उनले अझ बताए।

अबोप्रान्त गोर्खाल्याण्ड आन्दोलनको निम्ति कुनै पनि राजनैतिक दलको झण्डा नसमाती जीएमसीसीको नेतृत्वमा जे-जस्तो आन्दोलन हुन्छ आफू साधारण जनताको रूपमा सहभागी बनेर सहयोग पुऱ्याउने उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन