जीएमसीसीले गऱ्यो आमरण अनसन स्थगित: सहि समयमा सहि हतियार प्रयोग गर्नेछौं-देवान

कालेबुङः गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटीले घोषणा गरेको आमरण अनसनको कार्यक्रमलाई स्थगित राखेको छ। कमिटीका संयोजक कल्याण देवानले आज कालेबुङमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी 15 जुलाईदेखि घोषणा गरिएको आमरण अनसनको कार्यक्रम हालमा स्थगित राखिएको बताएका छन्।

“गोर्खाल्याण्डको आन्दोलनलाई राष्ट्रीय रूप दिन 15 जुलाईदेखि शुरू गरिने भएको आमरण अनसनको कार्यक्रमलाई केहि समयको लागि स्थगित गर्ने निर्णय लिएका छौं। राष्ट्रपतिको चुनावलाई मध्यनजर राख्दै अनि प्रमुख रूपमा सर्वभारतीय रूपमा वर्तमानमा चलिरहेको आन्दोलनमा एकरूपता ल्याउनका साथै गोर्खाल्याण्ड मागको निम्ति राष्ट्रीय सहमति जुटाउन यो निर्णय लिएका हौं”-देवानले आमरण अनसनको कार्यक्रम स्थगित राख्नुको कारणबारे यसरी बताए।

यद्यपि अन्य कार्यक्रमहरू यथावत रहने उनले बताए। आन्दोलनलाई दार्जीलिङदेखि निकालेर देशव्यापी बनाउनका साथै राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा चलिरहेको आन्दोलनलाई एकरूपता दिन नै उक्त निर्णय लिएको देवानले बताए। आगामी १८ जुलाईको बैठकमा यसबारे चर्चा-परिचर्चा गरिएपछि नै आमरण अनसनको सहि मीतिबारे अवगत गराइने पनि उनले बताए।

“आमरण अनसन बस्नेहरू तयार थिए, नाम पनि आसकेको थियो तर दार्जीलिङमा मात्र आमरण अनसन गर्नको साटो यसलाई राष्ट्रीय रूप दिन हामीले हालमा यस निर्णयलाई स्थगित राखेका हौं”- उनले  भने। “आमरण अनसन एउटा निर्णायक हतियार हो, यसलाई हामी सहि समयमा सहि ठाउँमा  फ्याक्नेछौं”-देवानले अझ बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन