सार्की विकास बोर्ड अध्यक्षले बुझाए जिल्लापाललाई राजिनामा

कालेबुङः पश्चिम बङ्गाल सार्की विकास अनि सांस्कृतिक विकास बोर्डका  अध्यक्ष कुमार मङ्ग्रातीले आज आफ्नो राजिनामा पत्र कालेबुङ जिल्लापाललाई बुझाएका छन्। बोर्डले सार्की जातिको अस्मिता र संस्कृतिको जगेरा गर्न असफल रहेको तथा जातिको सर्वाङ्गीन विकास गर्न नसकेको कारण नै बोर्ड अध्यक्षको पदबाट राजिनामा दिएको उनले उक्त राजिनामा पत्रमा उल्लेख गरेका छन्।

राजिनामा पत्र बुझाएपछि उनले पत्रकारहरूलाई सम्बोधन गर्दै हालमा चलिरहेको आन्दोलनलाई समर्थन जनाउँदै आफूले पदबाट राजिनामा दिएको बताए।“बङ्गाल सरकारले हाम्रै दाजुभाइहरूलाई निधारमा गोली ठोकेर मारिरहेको छ। यो हामी सहन गर्न सक्दैनौं किनकी हामीमा पनि गोर्खे रगत छ,” उनले भने,  ”जातिमाथि भइरहेको यस्तो अन्याय सहन गर्न नसकेर आन्दोलनलाई थप टेवा पुऱ्याउन नै मैले राजिनामा दिएको हुँ।”

राजिनामा दिन कसैको करकापमा नपरेको बताउने मङ्ग्रातीले अबोप्रान्त साधारण जनताको रूपमा आन्दोलनलाई सहयोग पुऱ्याउने प्रतिबद्धता पनि जाहेर गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन