सर्वोच्च न्यायालय जाने तयारीमा गोजमुमो: ”न्याय नपाएसम्म थामिने छैन आन्दोलन’

दार्जीलिङ: दार्जीलिङ पहाड़मा अझै अर्द्धसैनिक बल पठाउने राज्यको उच्च अदालतको निर्देश विरूद्ध गोर्खा जनमुक्ति मोर्चा सर्वोच्च न्यायालय जाने तयारीमा छ। आज यसबारे गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष प्रकाश गुरूङसित एक प्रश्‍न गर्दा उनले भने-अदालतको निर्देशलाई गोर्खा जनमुक्ति मोर्चा वा युवा मोर्चाले सधैं सम्मान गरिरहेको छ अनि भावी दिनमा पनि गर्नेछ। यसैले उच्च अदालतको निर्देशमा दार्जीलिङ पहाड़मा अझै सीआरपीएफ आउँछ भने उनीहरुलाई हामी स्वागतनै जनाउँछौं। पहाड़मा सेना आओस् वा अर्द्धसैनिक बल पहाड़का जनताले उनीहरुलाई स्वागतनै जनाउँछन्। तर के गोर्खा समुदायले संवैधानिक अलग राज्य गोर्खाल्यान्डको माग उठाउन पनि पाउँदैन? यसैले उच्च अदालतको निर्देशमा पहाड़मा अझै सीआरपीएफ ल्याएर गोर्खाल्यान्डको गणतान्त्रिक अनि संवैधानिक मागलाई दबाउने प्रयास गरिन्छ भने गोजमुमो यस विरूद्ध सर्वोच्च न्यायालय जाने बाध्य हुनेछ।

उनले भने-गोर्खा जातिलाई न्याय चाहिएको छ, जसको लागि सयौं वर्षदेखि आवाज उठिरहेको छ, तर यस आवाजलाई दबाउनको लागि राज्य सरकारले जहिले पनि बल प्रयोग गर्दै आइरहेको छ। यसैले सन् 1986-को गोर्खाल्यान्ड आन्दोलनमा पनि 1200 गोर्खाल्यान्डप्रेमीहरु शहीद बनेका थिए भने यसपाली पनि 7 जना गोर्खाल्यान्ड समर्थक पुलिसको गोलीको शिकार बनिसकेका छन्। यसैले अब गोर्खा जातिलाई केन्द्रको भाजपा नेतृत्वावधान सरकारले न्या दिनुपर्छ र भाजपा सरकारले गोर्खा जातिलाई अवश्यै न्याय दिन्छ भन्ने पनि आशा गरिएको छ। उनले अझै अघि भने-केन्द्रमा भाजपाको सरकार रहँदानै देशमा 3 वटा नयाँ राज्यको स्थापना भएको थियो अनि यसपाली यसै भाजपा सरकारकै पहलमा देशमा गोर्खाल्यान्ड 30औं राज्य बन्ने आशा छ। यसैको लागि गोर्खा जनमुक्ति मोर्चाले सन् 2009-देखिनै भाजपासित हातमा हात मिलाएर राजनैतिक मित्रता गरिरहेको छ अनि भाजपाले पनि आफ्नो चुनावी घोषणा पत्रमा गोर्खा जातिको दीर्घकालीन मुद्दामाथि संवेदनशीलपूर्वक निरीक्षण गरेर आवश्यक पहल गरिनेछ भने आश्‍वासन दिइसकेको छ।

यसैले आगामी 17 जुलाईको दिन हुने राष्ट्रपति चुनाउपछि केन्द्र सरकारले यसमाथि अवश्यै ठोस कदम उठाउनेछ भन्ने गोर्खा समुदायको आशा र भरोसा छ। एक प्रश्‍नको उत्तरमा उनले भने-17 जुलाईको दिन राष्ट्रपति चुनाउ हुने भएकोले देशका सबै पार्टी, नेता अनि मन्त्रीहरु व्यस्त छन्, यसैले आमरण अनशनको कार्यक्रम बेकार नजाओस् भन्ने विषयलाई ध्यानमा राखेरनै अहिलेलाई आमरण अनशनको कार्यक्रमलाई स्थगित गरिएको हो। यसैबीच, सीआरपीएफले गोली चलाएको भन्ने आरोप सम्बन्धमा प्रश्‍न गर्दा उनले भने-गणतान्त्रिक ढङ्गमा भइरहेको गोर्खाल्यान्ड आन्दोलनमा सहभागी बनेका आन्दोलनकारीहरुमाथि पुलिसलेनै गोली चलाइरहेको छ, तर यसको आरोप सीआरपीएफमाथि लागिरहेको छ।

यसैले केही उत्तेजित जनताले सीआरपीएफ गो व्याकको नारा लगाइरहेका छन्। यसमा हामी खेद प्रकट गछौंे, उनले भने। एक प्रश्‍नको उत्तरमा उनले भने-मर्नु र मार्नुलाई मात्रै आन्दोलनको नाम दिनु गलत हुनेछ। यसैले गोर्खा जनमुक्ति मोर्चा वा गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीले गणतान्त्रिक ढङ्गमा गोर्खाल्यान्डको आन्दोलन गरिरहेको छ अनि जबसम्म गोर्खा जातिले न्याय पाउँदैन, तबसम्म यो आन्दोलन रोकिनेछैन अनि पहाड़ बन्दले 40 दिनको रेकर्ड पनि तोड़्नसक्छ वा यसअघिनै पहाड़ साम्य पनि बन्नसक्छ। बंगाल सरकारले गोर्खा जातिलाई कहिले राम्रो सोंचेन, यसैले विगतको गोर्खाल्यान्ड आन्दोलनमा 1200 जना गोर्खाल्यान्ड समर्थकहरुको हत्या गर्यो, अहिले पनि लगातार गोर्खाल्यान्ड समर्थकहरुको हत्या गरिरहेको छ। यसैले अब गोर्खाल्यान्डको लागि आफ्नो बहुमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरुको मूल्यांकन नभई यो आन्दोलन थामिने छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन