डम्बरको शिक्षान्दोलन

दार्जीलिङः आन्दोलनमा शिक्षादानको सहयोग दिइरहेका छन् दार्जीलिङको टर्नबुल उच्च विद्यालयका विज्ञान विषयका शिक्षक डम्बर शिवकोटीले। उनले दैनिक बिहान 9.30 देखि अपरान्ह 3 बजीसम्म दार्जीलिङका लगभग 150 जनाभन्दा अधिक माध्यमिक परीक्षा दिने विद्यार्थीहरुलाई  शिक्षादान दिइरहेका छन्।

उनले भने-आन्दोलनको कारण माध्यमिक परीक्षा दिने विद्यार्थीहरु विशेष मर्कामा परिरहेका छन्, स्कूल बन्द छ, ट्यूशन पढ़ाउने शिक्षकहरु भेट्न सकेका छैनन्। यसैले उनीहरुको यस मर्कालाई ध्यानमा राखेरनै मैले गत केही दिनदेखि लगभग 150 जना माध्यमिक परीक्षा दिने विद्यार्थीहरुलाई विशेष गणित सिकाउने कार्य गरिरहेको छु।

उनले प्रत्येक दिन बिहान 9.30 बजीदेखि 20-20 जनाको टोली बनाएर विद्यार्थीहरुलाई गणितको अभ्यास गराइरहेका छन्, ताकि यी विद्यार्थीहरुले गणित जस्तो कठीन विषयमा परीक्षामा कुनै संकटको सामना गर्न नपरोस् भनेरनै विद्यार्थीहरुलाई गणितको अभ्यास गराइरहेको बताए।

यदि दार्जीलिङ पहाड़का अन्य शिक्षक-शिक्षिकावर्गले पनि यसरीनै विद्यार्थीहरुलाई आ-आफ्नो विषयको अध्यापन गराए विद्यार्थीहरुलाई धेरै सहयोग पुग्नेछ। उनले यहाँको राजबाड़ीस्थित उदय ग्राम सेवा समाजको भवनमा विद्यार्थीहरुलाई गणित विषय पढ़ाइरहेको पनि जानकारी गराए। जसको लागि उनलाई उदय ग्राम सेवा समाज अनि महाकाल संघले सहयोग दिइरहेका छन्। डम्बर शिवकोटी दार्जीलिङको टर्नबुल उच्च विद्यालयका विज्ञान विषयका शिक्षक हुन्, जसले विद्यार्थीहरूलाई हाल गणित पढ़ाइरहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया