पुलिसको गोली लागेर आशिश तामाङको मृत्युः मिरिकमा तनाउ

मिरिकः पुलिसको गोली लागेर मगरजुङ शङ्खमान गाउँ निवासी आशिश राईको मृत्यु भएको छ। मिरिकमा हिजो तृणमूल अनि गोर्खाल्याण्ड आन्दोलन समर्थकहरूबीच झडप भएको थियो। वार्ड न. 7 बाट बढेको तनाउ बेलुकी 10 बजीसम्म जारी थियो।

दुइ समूहबीच भएको झडपमा आनन्द राई घाइते बनेका थिए। राईलाई तृणमूल कार्यकर्ताले हिर्काएर घाइते बनाएको बताइएको छ। यसै झडपबीच ओकाइटीका एक आन्दोलनकारीलाई पुलिसले पक्राउ गरेको थियो।उनलाई बिनाशर्त मुक्त गर्नुपर्ने मागमा आन्दोलनकारीहरूले थाना घेराउ गरेको थिए।

विक्षोप गर्न बढेको भीड रोक्न पुलिसले व्यारिकेट राखको थियो, जसलाई तोडेर विक्षोपकारीहरू अघि बढेपछि पुलिसले अश्रुग्याससितै गोली चलाएको थियो। यतिखेर नै आशिशलाई लागेको गोलीले उनको मृत्यु भएको हो। उनलाई सुके अस्पताल पुऱ्याइएको थियो, त्यही उनको मृत्यु भएको हो।

यता केही पुलिस जवान पनि गम्भीररूपले घाइते बनेको खबर छ। दुइवटा पुलिस वाहन जलाइएको छ भने स्थितिको गम्भीरतालाई ध्यानमा राखेर सीआरपीएफको गस्ती बढाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन