बन्दले सिलगढीमा करोडौंको नोक्सानीः यस्तै हो भने सबथोक खत्तम हुनेछ-व्यापारीवर्ग

सिलगढीः दार्जीलिङमा चलिरहेको अनिश्चितकालीन बन्दको कारण व्यापार केन्द्र सिलगढीमा दैनिक करोडौंको कारोबार गुमिरहेको उत्तर बङ्गालका व्यापार निकायहरूको भनाइ छ। बन्दको 35 दिन पुगिसकेको छ।

सिलगढीको खुद्रा व्यापारी सिलगढी र सिक्किमसित निर्भरशील छ। उनीहरूले दैनिक 70 प्रतिशत कारोबार गुमाइरहेको बताइएको छ।

सिलगढी मार्चेन्ट्स् एसोसिएशन (एसएमए), सिलगढी हार्डवेयर मार्चेन्ट्स् एसोसिएशन (एसएचएमए) अनि फेडरेसन अफ च्याम्बर अफ कमर्श एण्ड इण्डस्ट्री, नर्थ बेङ्गाल (एफओसीआईएन)-का पदाधिकारीहरू अनुसार अनिश्चितकालीन बन्दले कारोबार चौपट बनाइदिएको छ। ‘सिलगढीले दैनिक दुई करोडको करोबार गुमाउन परिरहेको छ। बन्दले स्थिति गम्भीर बनाइदिएको छ। यस्तै चलिरह्यो भने सबथोक डुब्ने छ,’ फोकिनका महासचिव विश्वजीत दासले भने।

दैनिक ट्राफिक जाम हुने शहर बन्दपछि खुला र सुनसान बनेको छ।

‘ केही काम छैन, एक महिनादेखि बेकार बसिरहेका छौँ,’ एसएचएमएका अध्यक्ष हिरलाल अग्रवालले भने,  ‘सिलगढीको हार्डवेयर कारोबार 75% सिक्किम अनि दार्जीलिङबाट बन्छ, हरदिन 50 करोडको कारोबार हुन्थ्यो, अहिले सबै ठप्प छ।’

यता एसएमएका महासचिव गौरी गोयलले पनि बन्दले 70% खाद्य व्यापार कम भएको बताए। सिक्किम र दार्जीलिङमा सम्पूर्ण खाद्य सामाग्री सिलगढीबाटै जान्छ। मुख्य थोक बजार हो खालपाडा, बन्द नभएको बेला दैनिक 100 भन्दा अधिक ट्रक सिक्किम र दार्जीलिङ खाद्य सामाग्री बोकेर जान्थ्यो। “अहिले दुइचार ट्रक मात्र सिक्किम जान्छ,’ गोयलले भने, ‘दैनिक 15 करोडको कारोबार गुमाइरहेका छौँ।’

गोयले बन्दको कारण सिलगढीमा 10,000 दैनिक मजदूर अनि 500 रिक्शा चालक आफ्नो आजीविकाबाट वञ्चित रहेको पनि बताएका छन्। सिलगढी विनियमित मार्केट कमिटीका एक वरिष्ठ अधिकारीले भने अनुसार सब्जी र माछाबजारमा  65% दैनिक कमी देखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन