माटोको गीत

 

दीपा राई

 

 


जब आँखा खोलेँ

जे देखेँ – त्यो उज्यालो थियो

पहिला मैले निलेको चीज हावा थियो

अनि मेरो मुखबाट निस्केको आवाज रूवाइ थियो

तबदेखि मेरो अचेतन मनले बुझ्दै आएको रहेछ

अधिकारको भुइँक्लास

र म जन्मेको माटोमै

छाला र मासुजस्तै टाँसिएको रहेछ

मेरो स्वाभिमान

मेरो चिन्हारी

मेरो आत्मा

 

त्यसैले यो नसामा बगिरहने रगतले भन्छ –

मेरो आमा गोर्खाल्याण्ड

मेरो प्राण गोर्खाल्याण्ड।

ऐ अमानवताको बस्ती बसाल्न खोज्नेहरू

थाहा छ?

यो माटो गोर्खे शहिदको रगतले भिजेको छ

र यसको धरातलमा तेरो छायाँ समेत वर्जित छ

वर्जित छ यो माटोमा उम्रन तेरो कालो मनको विचारको बिउ

जहाँ मेरै पुर्खाको पसिनाले सिँचेको छ

जब तँ थिइनस् तब पनि

यहाँको माटोले

यहाँको ढुङ्गाले

यहाँको पानीले

यहाँको हावाले

यहाँको रूखपातले

गोर्खाको गीत गाएको छ,

तँ छस्

तब पनि गुँजिरहने छ

तँ हुँदैनस्

तब पनि गुँजिरहने छ

यो माटोको गीत। 

यो माटोमा ठिङ्ग उभिएको छ

गोर्खेको गौरव कञ्चनजङ्गा

 

नाप्न सक्दैनौ

सत्ताको फिताले

यसको गहिराइ

न उखेल्नु नै सक्छौ

एक एक गोर्खाको मुटुमा गाड़िएको

गौरवको जरालाई

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन