डीएसपीको वाहन जल्योः पहाडभरि जलाउने काम जारी

दार्जीलिङः दार्जीलिङ टाउन पुलिस डीएसपीको वाहन शहरबीच नै जलाइएको छ। 1.30 बजी दिउँसो वाहनमा आगो लगाइएको थियो भने यसैको नजिकमा रहेको तृणमूल काङ्ग्रेसको कार्यालयभित्रको सामानहरू पनि जलाइएको छ।

तृणमूल काङ्ग्रेसको कार्यालयमा हिजोराती नै आगो लगाइएको थाहा लागेको छ। यता हिजो राती नै नागरी चियाबारीको ग्राम पञ्चायत कार्यालयमा पनि आगो लगाइएको थियो। नागरी पुलिस आउट पोष्ट पनि जलाइएको छ। यता खरसाङको सयवर्ष पुरानो राजेश्वरी भवनमा पनि आगो लगाइएको छ भने खरसाङ टुरिष्ट लज पनि जलाउने प्रयास भएको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन