बोर्डबाट राजिनामा होइन बोर्डनै खारेज गर्नुपर्छ-किभोवेए

दार्जीलिङः किदुचु भोटिया वेलफेयर एसोसिएसनले भोटिया विकास बोर्डका अध्यक्ष अनि उपाध्यक्षलाई केवल राजिनामा दिनुमात्र होइन भोटिया बोर्ड नै विघटन गर्नुपर्ने अपिल गरेको छ।

बोर्डको अस्तित्व नै समाप्त गरी गोर्खाल्याण्डको आन्दोलनलाई सहयोग गर्ने अपिल गर्दै एसोसिएसनले एउटा बैठक गरेको थियो। एसोसिएसनका अध्यक्ष निमा नोर्बु भोटियाले राजिनामा दिएपछि बोर्डमा अरु कसैलाई राख्न सक्ने तर यसको अस्तित्व नै नरहे नियुक्तिको मौका नै नरहने बताए।

‘पहिले दागोपाप, जीटीएजस्ता ललिपप दिएर केन्द्र र राज्यले हामीलाई भुलाउने काम गरेको थियो,’ भोटियाले भने, ‘त्यसै कारण हामी पनि त्यस्तै व्यवस्थामा भुलियौँ, यर यसपालिको आन्दोलन अन्तिम हो, यसकारण सबै मिलेर सफल बनाउनुपर्छ।’

उनले गोर्खाल्याण्ड कुनै जात विशेषको निम्ति नभएर समग्र जातिको रहेको पनि बताए।

‘यतिखेर भोटिया बोर्डका अध्यक्ष-उपाध्यक्षहरूले सामान्य सहुलियतहरू छोड्नुपर्छ,’ उनले भने, ‘नेतृत्वले पनि राम्रोसित होमवर्क गरेर आन्दोलन गर्नुपर्छ, ताकि जनताको त्याग खेर नजाओस्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन